शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फिल्म ‘यात्रा’ युनिटले मनायो होली

मङ्गलबार, ०५ चैत २०७५, १५ : ५५
मङ्गलबार, ०५ चैत २०७५

काठमाडौं– भोली बुधवार पहाडी भू–भाग तथा बिहिबार तराइको भू–भागमा होली पर्व मनाइँदैछ । रङ्गहरुको यो पर्वलाई असत्यमाथि सत्यको जित भएको उत्सवको रुपमा लिइन्छ । यस्तै २९ चैत्रबाट प्रदर्शनमा आउने फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ युनिटले होलीले सोमबार एक कार्यक्रमका बीच होली मनाएको हो । एक अर्कालाई रङ्ग तथा अविर लगाउँदै फिल्म युनिटले होली मनाएको हो ।

होली कार्यक्रममा फिल्मका अभिनेता सलिन मान बनियाँसँगै अभिनेत्री मलिका महत, जान्हवी बस्नेत, प्रेक्षा बज्राचार्य, रेअर राई, विशाल सापकोटा, निर्देशक सम्राट शाक्य, प्रस्तुतकर्ता चिजकुमार श्रेष्ठ, निर्माता सुशील पोखरेल, प्रोडक्सन म्यानेजर मनोज जोशी, द्वन्द निर्देशक हिमाल केसी लगायत सहभागी थिए । 

बुधबार फिल्म युनिटका विभिन्न स्थानमा पुगेर होली मनाउने कार्यक्रम रहेकोले आफुहरुले केही दिन अगाडिनै होली मनाएको निर्देशक सम्राट शाक्यले बताए । कार्यक्रममा फिल्म युनिटले बुधबारको होलीको कार्यक्रम समेत सार्वजनिक गरेको छ । सार्वजनिक तालिकाअनुसार फिल्म युनिटसँग दर्शकले गैरीधाराको रोयल एम्पायर होटेल, सिटी फ्ल्याश स्विमिङ पुल भक्तपुर, नयाँ वानेश्वरमा आयोजना हुने रेडियो अडियोको होली कार्यक्रममा सहभागी हुन सक्नेछन् । 

‘होली हामी मिडिया र दर्शकसँग मनाउदै छौ’ निर्देशक शाक्यले भने ‘होलीलाई रङ्गसँगै सद्वावको पर्वको रुपमा पनि लिइने भएकोले मनपर्छ ।’ अभिनेतासलिनमानले पनि होली आफुलाई मनपर्ने बताए । उनले भने ‘यो पटकको होली दर्शक र मिडियासँग मनाउदा बेग्लै अनुभव संगाल्न पाइन्छ ।’

कोटकी कालिका देवी फिल्मस् प्राइभेट लिमिटेड, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको फिल्ममा केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको छन् ।  फिल्ममा विक्रम पराजुली, मुक्ति तिम्सिना र रामशरण घिमिरे सह–निर्माता हुन् । फिल्मका निर्माता सुशिल पोखरेल र कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप