शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एशियन लाईफ इन्स्योरेन्सका जीवन बिमा सेवा माछापुच्छ्रे बैंकबाट पनि लिन सकिने

मङ्गलबार, ०५ चैत २०७५, १६ : २५
मङ्गलबार, ०५ चैत २०७५

काठमाडौं– जीवन बिमालाई सर्वसाधारणको पहुँचसम्म सजिलै पुर्याउने उद्देश्यले एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड र माछापुच्छ्रे बैंक लिमिटेडबीच “जीवन बीमा सेवा“ सम्बन्धी संझौतापत्रमा हस्ताक्षर भएको छ ।

उक्त संझौतापत्रमा एशियन लाईफ ईन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठ र माछापुच्छ्रे बैंक लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक नारायण प्रकाश भुजुले हस्ताक्षर गरेका छन् ।

अब माछापुच्छ्रे बैंकको ९७ वटा शाखाहरुबाट समेत एशियन लाईफले प्रचलनमा ल्याएको सावधिक र म्यादी जीवन बिमा योजना गरी २० वटा जीवन बिमा योजनाहरु खरिद गर्न सकिनेछ । 

साथै एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशैभर रहेका आफ्नो ११४ वटा कार्यालयहरुबाट जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गरिरहेको छ । २०७५ पुस मसान्तसम्म यस कम्पनीको जीवन बिमा कोष १५ अर्ब १२ लाख रहेको छ ।

५ अर्ब रुपैयाँ अधिकृत पूँजी रहेको यस कम्पनीले चुक्ता पूँजी २ अर्ब पुर्याउनको लागी निकट भविष्यमा ६० प्रतिशत हकप्रद शेयर जारी गर्न बुक क्लोज समेत गरिसकेको छ । 

                                     
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप