शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सांसदहरुको मर्यादाक्रम पूर्व मन्त्रीभन्दा माथिनै हुन्छ: गृहमन्त्री थापा

मङ्गलबार, ०५ चैत २०७५, १७ : १८
मङ्गलबार, ०५ चैत २०७५

काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले संघीय संसदका सांसदहरुको मर्यादाक्रम पूर्व मन्त्रीभन्दा माथिनै रहने स्पष्ट पारेका छन् ।  गृहमन्त्री थापाले मन्त्रिपरिषद बैठकमा प्रदेश र स्थानीय तहलाई समेत समेटेर नयाँ मर्यादाक्रम निर्धारण गर्ने विषयमा छलफल जारी रहेको उल्लेख गर्दै संघीय संसदका सांसदहरुको मर्यादाक्रम पूर्व मन्त्रीभन्दा माथि नै रहने व्यवस्था गर्ने प्रष्टयाएका हुन् । 

मंगलबार संघीय संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सदस्यहरुले पूर्व मन्त्रीहरुको मर्यादाक्रम सांसदहरुको भन्दा माथि राखिएको भन्ने समाचार आएको उल्लेख गर्दैै गृहमन्त्री थापालाई सो सम्बन्धमा स्पष्ट पार्न आग्रह गरेका थिए ।

त्यसको जवाफ दिनेक्रममा गृहमन्त्री थापाले जनप्रतिनिधिहरुको मर्यादा क्रमलाई माथिनै राख्ने राष्ट्रिय नीति रहेको उल्लेख गर्दै पूर्व मन्त्रीहरुभन्दा संघीय संसदका सांसदहरुको मर्यादा क्रम माथि नै रहने बताए । उनले नयाँ मर्यादाक्रम मन्त्रिपरिषद बैठकबाट पारित गरी छिट्टै राजपत्रमा प्रकाशित गर्ने सरकारको योजना रहेको पनि समितिलाई जानकारी गराए ।

गृहमन्त्री थापाले नयाँ मर्यादाक्रमका विषयमा सरोकारवाला निकायसँग आवश्यक छलफल भइरहेको पनि बताए । बैठकमा समितिका सदस्य प्रेम सुवाललगायतका सांसदहरुले सांसदहरुको मर्यादाक्रम पूर्व मन्त्रीको भन्दा पछाडि नराख्न सरकारको गम्भिर ध्यानाकर्षण गराएका थिए ।

त्यसैगरी समितिका अर्का सदस्य अमरेशकुमार सिंहले जथाभावी नागरिकता वितरण गर्ने कर्मचारीमाथि कडा कार्वाही गर्न पनि सरकारसँग माग गरेका थिए । प्रमाण नपुगी नागरिकता दिने काम गर्नेलाई सरकारले कार्वाही गर्नैपर्ने उनको भनाई थियो ।

समितिको बैठकमा नेपाल नागरिकता ऐनलाई शंशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफललाई निरन्तरता दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप