बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

होली तस्विरः यस्तो देखिइन् मोडल विनु

मङ्गलबार, ०५ चैत २०७५, १८ : १५
मङ्गलबार, ०५ चैत २०७५

काठमाडौं– होलीका दिन सामाजिक सञ्जालदेखि विभिन्न मिडियामा आफ्नो फोटो राख्नका लागि कलाकारले होली अगाडि नै फोटो सुट गर्ने गरेका छन् । यो भिडमा बेली डान्सर तथा मोडल विनु शाक्य पनि देखिएकी छन् । 

विनुले होली आउनु केही दिन अगाडि नै होलीको फोटोसुट गराएकी छन् । रंगसँग रंगिएर गराएको फोटो सुटका केही तस्विरमा उनी मोडल विशाल थापासँग पनि देखिएकी छन् ।  विनुको कलाक्षेत्रमा दुईवटा परिचय छ । उनी मोडल र वेली डान्सरका रूपमा चिनिँदै आएकी छन् । करिब ६ वर्षदेखि बेली डान्स गर्दै आएकी उनको म्युजिक भिडियो मोडलिङ यात्रा यो भन्दा पुरानो हो । 

गतबर्ष एबिसी टिभी, इमेज टिभी र बिएफसि एफएममा होली खेलेकी विनु यस बर्षको होली पनि बिषेश बनाउने तरखरमा छिन् ।  यो पटकपनि एविसि टिभी र अन्य केही कार्यक्रममा सहभागी हुने उनको योजना रहेको छ । अरुलाई रंग छ्याप्दै होली खेल्न मनपर्ने बताउने उनी रंगसँग रंगिन सक्यो भने जीवन पनि रंगिन हुने विश्वास गर्दछिन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप