शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

होलीमा इच्छा विपरित लोला हान्नेलाई कार्वाही हुने

मङ्गलबार, ०५ चैत २०७५, १८ : ३४
मङ्गलबार, ०५ चैत २०७५

काठमाडौं– सरकारले होली पर्वलाई मर्यादित र सभ्य ढंगले मनाउन सम्बन्धित सबै पक्षसँग अनुरोध गरेको छ । गृह मन्त्रालयले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरी सो अनुरोध गरेको हो । मन्त्रालयले होली पर्व मनाउने नाममा कसैको इच्छा विपरित जबरजस्ती, अमर्यादित, गैरकानुनी र उच्छृंखल किसिमका व्यवहार नगर्न समेत आग्रह गरेको छ ।

कसैले त्यस्ता कार्य गरेमा कानुन बमोजिम कार्वाही हुने समेत मन्त्रालयले जनाएको छ । विज्ञप्तिमा भनिएको छ : ‘कसैको इच्छा विपरित जबरजस्ती, अमर्यादित, गैरकानुनी र उच्छृंखल किसिमका व्यवहार गने, अर्काको इच्छा विपरित रङ दल्ने, प्लाष्टिकजन्य लोला हान्ने, फोहोर छ्याप्ने, बाटोमा हिड्ने व्यक्तिहरुलाई दुःख, हैरानी तथा कष्ट दिनजस्ता कार्य प्रचलित कानून विपरित हुन् । कोही कसैको इच्छा एवम् स्वीकृति बेगर यस प्रकार कानून विपरित कार्य गरे गराएमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत सर्वसाधरण सबैमा जानकारीका लागि अनुरोध छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप