शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस केन्द्रीय समिति बैठक: अनुशासन समितिले पायो पूर्णता

मङ्गलबार, ०५ चैत २०७५, १९ : २७
मङ्गलबार, ०५ चैत २०७५

काठमाडौं– नेपाली कांग्रेसले अनुशासन समितिलाई पूर्णता दिएको छ ।  मंगलबार बसेको केन्द्रीय समिति बैठकले  अनुशासन समितिलाई पूर्णता दिएको हो । 

बैठकले देउवा, पौडेल र सिटौला पक्षका नेताहरुलाई समेटेर अनुशासन समिति निर्माण गरेको छ ।  देउवा पक्षबाट भिष्मराज आङदम्बे, किशोरसिंह राठौर, देवेन्द्रराज कँडेल, पौडेल पक्षबाट  धनराज गुरुङ र सिटौला पक्षबाट उमाकान्त चौधरीलाई समेटिएको छ । 

कांग्रेसले सोमबार भीष्मराज आङदम्बेको अध्यक्षमा देवेन्द्रराज कँडेल र किशोरसिंह राठौर सदस्य रहेको समिति गठन गरेको थियो ।
 
उक्त समितिमा सदस्य रहने गरी सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई नाम सिफारिश गर्न आग्रह गरेका थिए । नेता पौडेलले सिफारिश गरेका नामहरु केन्द्रीय समिति बैठकले सर्वसम्मत अनुमोदन गरिएको जनाइएको छ ।

बैठकले राधेश्याम अधिकारीको संयोजकत्वमा केन्द्रीय निर्वाचन समिति समेत गठन गरेको छ । समितिमा गोपालकृष्ण घिमिरे, खम्मबहादुर खाती। सीताराम केसी र टेकराज पौडेल सदस्य रहेका छन् ।
 
बैठकले नेता रमेश लेखकको संयोजकत्वमा पार्टी नियमावली मस्यौदा समिति पनि गठन गरेको छ ।  नियमावली  समितिमा देउवा पक्षबाट रमेश लेखक, मिन विश्वकर्मा, जीवन परियार, पौडेल पक्षबाट इश्वरी न्यौपाने र कृष्ण सिटौला पक्षबाट प्रदिप पौडलको नाम अनुमोदन गरिएको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप