बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टी एकीकरणको काम लम्ब्याइएको भन्दै माधव नेपालको यस्तो टिप्पणी

मङ्गलबार, ०५ चैत २०७५, १९ : ४३
मङ्गलबार, ०५ चैत २०७५

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको सांगठनिक एकीकरणको काम अनावश्यक रुपमा लम्ब्याइएको टिप्पणी गरेका छन् । वरिष्ठ नेता नेपालले पार्टीको तल्लो तहसम्मको एकीकरणको काम लम्ब्याइएकोमा आफू चिन्तित रहेको र पार्टीका कार्यकर्ताहरुमा निराशा छाएको पनि स्पष्ट पारे ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीमाझ उनले अठोटका साथ काम गरे एक महिनाभित्र पार्टीको तल्लो तहसम्मको एकीकरणको काम टुंगो लाग्ने पनि दोहोर्याए । उनले अध्यक्ष पुष्पकमल दाहाल अमेरिकाबाट फर्केपछि पार्टीको सांगठनिक एकीकरणको काम टुंगोमा पुग्नेमा आफू आशावादी रहेको पनि बताए ।

बरिष्ठ नेता नेपालले फरक प्रसंगमा मन्त्रीमण्डल पुनर्गठनबारे आफूलाई कुनै जानकारी नभएको बताए । उनले सिके राउतलाई राष्ट्रिय राजनीतिकको मूलधारमा ल्याउने सरकारको निर्णय सही भएको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप