शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बहुविवाह गर्ने जोडी कारागार चलान

मङ्गलबार, ०५ चैत २०७५, २० : ०८
मङ्गलबार, ०५ चैत २०७५

भोजपुर । जिल्ला अदालतले बहुविवाहको अभियोगमा एक जोडीलाई जेल चलान गर्न आदेश दिएको छ । 

अदालतले रामप्रसाद राई गाउँपालिका–२ घोद्लेखानीका २३ वर्षीय लालबहादुर दर्जी र हतुवागढी गाउँपालिका–२ रानीबास लुङ्गी घर भएका १९ वर्षीय निर्मला दर्जीलाई जनही एक वर्ष ६ महिना कैद, रु १५ हजार जरिवानासँगै पीडितलाई रु ३० हजार क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला निमित्त स्रेस्तेदार नवीन कोइरालाले जानकारी दिए । 

जिल्ला न्यायाधीश हरिश्चन्द्र इङनामको एकल इजलासले मुलुकी अपराधसंहिता ऐन २०७४ को दफा १७५ को उपदफा १ र २ बमोजिम कसुर गरेको ठहर भएपछि सोही ऐनको दफा १७५ को उपदफा ४ बमोजिम सजाए तोकेको हो । 

लालबहादुरले निर्मलालाई गत माघ ३ गते दोस्रो श्रीमतीका रुपमा विवाह गरेका थिए । उनीहरुलाई जेठी श्रीमती प्रमिला दर्जीको जाहेरीपछि गत माघ १० गते पक्राउ गरिएको थियो । 

ट्र्याक्टर दुर्घटनामा घाइते 

हतुवागढी गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा एक गम्भीर घाइते भएका छन् । आज बिहान को२त ६९७२ नंको ट्र्याक्टर दुर्घटना हुँदा हतुवागढी–३ सिन्द्राङका प्रकाश राई घाइते भएको प्रहरीले जनाएको छ । 

घाइते राईको प्राथमिक उपचार केन्द्र घोडेटारमा सामान्य उपचारपश्चात् थप उपचारका लागि विराटनगर न्यूरो अस्पताल पठाइएको छ । दुर्घटना सिन्द्राङ खैराङ बीचमा पर्ने पञ्चमी खोला नजीकै भएको हो । 

घोडेटारबाट पञ्चमी बजारतर्फ जाँदै गरेको ट्र्याक्टर अनियन्त्रित भई सडकबाट करीब नौ सय मिटर झरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप