बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पोखरामा प्याराग्लाईडिङ दुर्घटना, विद्युतको तारमा अड्कियो

मङ्गलबार, ०५ चैत २०७५, २१ : ०१
मङ्गलबार, ०५ चैत २०७५

पोखरा । प्याराग्लाईडिङ दुर्घटना हुँदा आज दुई जना घाइते भएका छन् । 

पोखरा महानगरपालिका–१८ सराङकोटबाट फेवातालको सिरानमा झर्ने क्रममा ग्लाईडर विद्युत्को तारमा अड्किन गई दुर्घटना हुँदा पाइलट चिनियाँ नागरिक ५० वर्षीय अलेस वीकरिन र सिङ्गापुरका सात वर्षीय बालक याङ गोवाङजी घाइते भएका हुन् । 

ओपन स्काई प्याराग्लाईडिङ कम्पनीको प्याराग्लाईडिङ दुर्घटनामा परी घाइते भएका उनीहरुको मणिपाल शिक्षण अस्पतालमा उपचार भई रहेको छ भने घटनाका विषयमा थप अनुसन्धार भई रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप