शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लवका कार्यकर्ता खाेज्दै सेना गाउँमा, फेरि द्वन्द्व निम्तिने त्रास

बुधबार, ०६ चैत २०७५, ०६ : ४४
बुधबार, ०६ चैत २०७५

कालिकोट  - नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेताकार्यकर्ता खोज्न नेपाली सेना गाउँ पसेको छ । रणसुर गुल्मपतिका सेनानी अमृत थापामगरको नेतृत्वको टोली विप्लवको गतिविधिमा रोक लगाउन र कार्यकर्तालाई नियन्त्रणमा लिन गस्तीमा हिँडेको हो । गस्तीमा नेपाल प्रहरी र सशस्त्र बल पनि मिसिएको छ ।

कालिकोट विप्लव नेतृत्वको नेकपाको पकड क्षेत्र मानिन्छ। नेकपाले विभिन्न गतिविधि बढाएपछि सुरक्षा निकाय संयुक्त रूपमा गाउँ केन्द्रीत भएको हो ।

गुल्मपति थापामगरले जिल्लाबाट मंगलबार गाउँ हिँडेको सुरक्षा निकायको टोली सान्नित्रिवेणी गाउँपालिका, रास्कोट नगरपालिका हुँदै नरहरिनाथ गाउँपालिका जाने तयारीमा रहेको बताए । उनले भने, ‘तीनवटै सुरक्षा निकायको गस्तीसहित कुमालगाउँमा बुधबार नरहरिनाथ गाउँपालिकाको केन्द्र कुमालगाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी छ ।’

सरकारको निर्देशनमा जिल्लाका सुरक्षा निकाय गाउँ केन्द्रीत भएपछि गाउँले त्रसित भएका छन् । २०५२ सालको सशस्त्र द्वन्द्वबाट निकै प्रभावित स्थानीय नागरिक फेरि द्वन्द्व निम्तिने त्रासमा छन् । याे समाचार बिस्नप्रसाद न्याैपानेले अन्नपूर्णमा लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप