शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एक व्यक्ति जसले गाउँलेलाई ऋणमा डुबाएर भागे

बुधबार, ०६ चैत २०७५, ०७ : ०३
बुधबार, ०६ चैत २०७५

धनुषा - धनुषाको बटेश्वर गाउँपालिका– ५ मा पर्छ— शान्तिपुर गाउँ । बैंकका कर्मचारीले यो गाउँमा पाइलो टेके कि, शान्तिपुर अशान्त बन्छ । बैंकसँग ऋण लिएकाहरू भागाभाग गर्छन् । कसैले घरको ढोका थुन्छन् त कोही बस्ती छाडेर हिँड्छन् ।

चार वर्षअघिको कुरा हो, शान्तिपुरकी सहजादी खातुनले लघुवित्त बैंक र साहुबाट तीन लाख २० हजार कर्जा लिइन् । निर्धन लघुवित्त वित्तीय संस्थाबाट ५० हजार, स्वावलम्बन लघवित्त वित्तीय संस्थाबाट ३० हजार, फरवाड माइक्रोफाइनान्सबाट ४० हजार, मिथिला लघुवित्त विकास बैंकबाट ५० हजार र जनकपुरका महाजनसँग १० धुर घडेरी बन्धकीमा राखी १ लाख गरी तीन लाख २० हजार ऋण लिइन् । 

सहजादीले बैंक र साहुसँग लिएको ऋण गाउँकै सुरेन्द्र सिंहलाई सापटी दिइन् । तर सबै रुपैयाँ लिएर सिंह शान्तिपुर गाउँ छाडी भागेपछि सहजादीको बिचल्ली भएको छ । 

सहजादीसँग मात्रै सापटी लिएर भागेका होइनन्, सुरेन्द्र। उनी जस्तै शान्तिपुरका दर्जनौंसँग सापटी रकम लिएर उनी भागेका हुन् । सुरेन्द्रले करिब १५ लाख रुपैयाँ लिएर गाउँ छाडेको स्थानीयको भनाइ छ । साँवाब्याज गरेर अहिले त्यो रकम ४० लाख रुपैयाँ हुन आउँछ । यो समाचार राजकरण महतोले अन्नपूर्णमा लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप