शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नवौँ राष्ट्रिय कला प्रदर्शनी काठमाडौँमा हुने

बुधबार, ०६ चैत २०७५, ०८ : १५
बुधबार, ०६ चैत २०७५

काठमाडौं - नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आगामी वैशाख २ गते नवौँ राष्ट्रिय कला प्रदर्शनी काठमाडौँमा गर्ने भएको छ । उक्त प्रदर्शनीमा देशभरका कलाकारले सिर्जना गरेका आधुनिक तथा परम्परागत चित्रकला, आधुनिक तथा परम्परागत मूर्तिकला, लोककला, हस्तकला र अन्य सिर्जनात्मक कला समावेश गरिने छ । 

मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रदर्शनीलाई सम्पन्न गर्न कुलपति केके कर्माचार्यको अध्यक्षतामा ६७ सदस्यीय मूल आयोजक समिति गठन गरिएकाे जनाएकाे छ । कुलपति कर्माचार्यले प्रदर्शनीका लागि सहभागी गराइने कलाकृति दुई वर्षभित्र रचना गरेको र राष्ट्रियस्तरको प्रदर्शनीमा समावेश नभएको हुन पर्ने व्यवस्था गरिएको बताएका थिए ।

प्रदर्शनीमा सहभागी हुने कलाकारले यही चैत १५ गतेभित्र प्रतिष्ठानमा सिर्जना पठाइसक्नुपर्ने व्यवस्था गरिएको छ । प्रत्येक विधामा एक जनालाई नगद ६० हजार राष्ट्रिय ललितकला पुरस्कार र दुई जनालाई नगद २५ हजारको विशेष पुरस्कारको व्यवस्था गरिएको छ । 

प्रत्येक प्रदेशबाट एक-एक जनालाई नगद २५ हजारको प्रदेश विशेष पुरस्कार प्रदान गरिने छ । साथै नगद २५ हजारको ललितकला लेखन पुरस्कार तथा सोही राशिको ललितकला पत्रकारिता पुरस्कार प्रदान गरिने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप