बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

घुम्ने योजनामा हुनुहुन्छ ? यी हुन् संसारको सबैभन्दा महँगा र सस्ता शहर

बुधबार, ०६ चैत २०७५, ०९ : ५४
बुधबार, ०६ चैत २०७५

बीबीसी

हंगकंग र सिंगापुरसहित पेरिस संसारको सबैभन्दा महँगो शहरमा समावेश गरिएको छ ।

इकोनोमिस्ट इन्टेलिजेन्स यूनिट (ईईयू)को वार्षीक सर्वेक्षणमा यी तीन शहर पहिलो स्थानमा छन् ।

पछिल्ला ३० वर्षदेखि ईईयूले १३३ शहरको खर्चको तुलनात्मक अध्ययन गर्दै आएको छ र यसको इतिहासमा पहिलो पटक तीन शहर एकैसाथ शीर्ष स्थानमा आएका हुन् ।

पछिल्लो वर्षको सर्वेक्षणमा महँगीको मामलामा शीर्ष १० शहरमा यूरोपका चार शहर थिए जसमा पेरिस दोस्रो स्थानमा थियो ।

यो सर्वेक्षणमा पाउरोटीजस्ता सामान्य सामानको मूल्यको तुलनात्मक अध्ययन गरिन्छ ।

त्यसपछि न्यूयोर्कको तुलनामा उक्त शहरमा मूल्य कति तलमाथि छ भनेर हेरिन्छ ।

यो रिपोर्ट तयार गर्ने रोक्साना स्वावशेवले सन् २००३ देखि पेरिस शीर्ष १० महँगो शहरको सूचीमा रहेको बताएकी छिन् ।

उनी भन्छिन्, ‘अन्य यूरोपेली शहरको तुलनामा यहाँ रक्सी, यातायात र सुर्तीजन्य सामग्री मात्र सस्तो छन् ।’

उदाहरणका लागि एक महिलाको कपाल काटेको खर्च पेरिसमा ११९.०४ डलर हो । जबकी ज्यूरिख र जापानको शहर ओसाकामा यो ७३.९७  र ५३.४६ डलर हो ।

संसारको सबैभन्दा महँगा शहरः

१. सिंगापुर (सिंगापुर)

२. पेरिस (फ्रान्स)

३. हंगकंग (चीन)

४. ज्यूरिख (स्विटजरल्याण्ड)

५. जेनेवा (स्विटजरल्याण्ड)

६. ओसाका (जापान)

७. सिओल (दक्षिण कोरिया)

८. कोपेनहेगन (डेनमार्क)

९. न्यूयोर्क (अमेरिका)

१०. तेल अविव (इजराइल)

११. लस एन्जलस (अमेरिका)

यो वर्षको –याङ्किङमा मुद्रास्फीति र मुद्राको अस्थिर उतारचढावका कारण फरक परेको छ ।

यसै कारण अर्जेन्टिना, ब्राजिल, टर्की र भेनेजुएलाजस्ता देशको खर्चमा निकै कमी आएको छ ।

गत वर्ष भेनेजुएलामा महँगीको दर १० लाख प्रतिशतसम्म पुगेको थियो जसका कारण सरकारले नयाँ मुद्रा सुरु गर्नुपरेको थियो ।

त्यसैले यहाँको काराकास शहर संसारको सबैभन्दा सस्तो शहर बनेको थियो ।

संसारको सबैभन्दा सस्ता शहरः

१. काराकस (भेनेजुएला)

२. दमास्कस (सिरिया)

३. तशकेन्त (उज्बेकिस्तान)

४. अल्माती (काजकिस्तान)

५. बेङ्गलोर (भारत)

६. कराँची ( पाकिस्तान)

७. लागोस् (नाइजेरिया)

८. ब्यूनस आयर्स (अर्जेन्टिना)

९. चेन्नई (भारत)

१०. नयाँ दिल्ली (भारत)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप