प्रदेश नम्बर ५ का मुख्यमन्त्री पोखरेलद्वारा होलीको शुभकामना
बुधबार, ०६ चैत २०७५, १० : २२
बुटवल–प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले होली पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबैप्रति सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।
पोखरेलले बुधबार जारी गरेको शुभकामना सन्देशमा होली पर्व अर्थात फागुपूर्णिमा नेपालको मौलिक पर्व रहेको भन्दै यसले एकआपसमा सद्भाव र भाइचाराको सम्बन्धलाई बलियो बनाउँदै आएको उल्लेख गरिएको छ ।
विविधतायुक्त नेपाली समाजलाई एकतामा बाँध्दै समाजिक सम्बन्धलाई बलियो बनाउन यस्ता सांस्कृतिक पर्वले महत्वपूर्ण भूमिका खेलिरहेको पनि मुख्यमन्त्रीले उल्लेख गरेका छन् ।
पोखरेलले होली पर्व र संस्कृतिलाई सही ढंगले मनाउँदै समाजमा सद्भाव, मेलमिलाप र विश्वास बढाउन सक्दा संघीय लोकतान्त्रिक गणतन्त्र बलियो बनाउन सकिने विश्वास समेत व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै