बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

होलीको अवसरमा प्रदेश सरकारद्वारा २ दिन बिदाको घोषणा

बुधबार, ०६ चैत २०७५, ११ : ४८
बुधबार, ०६ चैत २०७५

काठमाडौं–प्रदेश नम्बर २ सरकारले होलीको अवसरमा २ दिन सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

मिथिला–मधेशमा मध्यमा परिक्रमालाई मध्यनजर गर्दै दुई दिनसम्म होली मनाइने भएकाले चैत ७ र ८ गते प्रदेशमा सार्वजनिक विदा दिइएको हो । 

मुख्यमन्त्री लालबाबुर राउतले एक प्रेस विज्ञप्ति जारी गर्दै होली पर्वलाई शान्तिपूर्ण तरिकाले हर्षोल्लासपूर्वक मनाउनका लागि सम्पूर्ण प्रदेशवासीमा हार्दिक आह्वान गरेका छन् । 

होली पर्वले समाजमा विद्यमान आपसी भाइचारा र सद्भावलाई थप बलियो बनाउने विश्वास लिँदै राउतले शुभकामना समेत दिएका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप