श्रीलंकालाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश
काठमाडौं– नेपाल साफ च्याम्पियनसिप महिला फुटबलको फाइनलमा प्रवेश गरेको छ । विराटनगरको शहिद रंगशालामा बुधबार श्रीलंकालाई ४–० गोलले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।
नेपालको जितमा रेखा पौडेल, सावित्रा भण्डारी, पुनम जर्घामगर र अनिता बस्नेतले गोल गरे । रक्षात्मक रणनिति अपनाएको श्रीलंकाविरुद्ध नेपालले ४२ औं मिनेटमा खाता खोलेको थियो । पुजन जर्घामगरले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । सावित्रा भण्डारीको हेड बलमा पुनमले गोल गरिन् ।
७३ आंै मिनेटमा अनिता बस्नेतले गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् । ८३ आंै मिनेटमा सवित्रा भण्डारीले गोल गर्दै नेपाललाई जित नजिक पुर्याएकी थिइन् । ८६ औं मिनेटमा रेखाले गोलगर्दै टोलीलाई सहज जित दिलाइन् । रेखाको यो राष्ट्रिय टोलीबाट डेब्यु गोल हो । उपाधिका लागि नेपालले फाइनलमा भारत र बंगलादेशबीचको बिजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा