शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एचआईभी संक्रमितको पिडाः पिलो अप्रेसन गर्न मान्दैन डाक्टर

बुधबार, ०६ चैत २०७५, १९ : ०५
बुधबार, ०६ चैत २०७५

हामो समाजमा एचआईभी संक्रमित बिरामीलाई समाजबाट हुने विभिन्न विभेद अझैँ जारी छ । घर, साथीभाई हुँदै डाक्टारले समेत एचआईभी संक्रमित बिरामीलाई विभेद गरेका छन् । यस्तै विभेद बुटवलमा एक डाक्टरबाट भएको घटना बाहिर आएको छ ।

बुटवल–लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचारका लागि आएका एचआईभी संक्रमित बिरामीको अप्रेसन गर्न चिकित्सहरूले अस्वीकार गरेको आरोप बिरामीका आफन्तले लगाएका छन् ।

अर्घाखाँची पाणिनी गाउँपालिका–२ विकास थापा (परिवर्तित नाम) पिलो चिर्न मंगलबार (हिजो) अस्पताल पुगे । उनको रगत परीक्षण गर्दा एचआईभी संक्रमित भएको पत्ता लागेपछि मलद्धार नजिकै आएको पिलो अप्रेसन गर्न डाक्टरले आनाकानी गरेको दाजु घनबहादुरले बताए । 

उनको अपरेसन गर्न नमानेपछि अस्पताल परिसरमा विभिन्न हल्लाखल्ला भयो । अनि आज पिलोको अपरेसन लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डन डा. कृष्ण खनालले गरिदिएका छन् । 

अरू डाक्टरले सिनियर डाक्टरले अप्रेसन गर्नुपर्छ भनेर आफूलाई जानकारी गराएको खनालले बताए । ‘अपरेसन गनुपर्ने केस रहेछ । उहाँहरु (डाक्टरहरुले) मलाई सियिनरले गनुपर्ने अप्रेसन रहेछ भनेर मलाई भन्नुभएको थियो । तर अपरेशन गर्न नमानेको चाहिँ होइन्,’ खनालले भने ।

अप्रेसन नगर्ने डाक्टरहरुलाई के गर्ने भन्ने अस्पतालले कुनै निर्णय अहिलेसम्म लिएको छैन । साविक लुम्बिनी अञ्चल अस्पतालमा एचआईभी पीडितहरू पनि उपचारमा आउने गर्छन् । लुम्बिनी प्रादेशीक अस्पालमा एचआईभी बिरामीको उपचार लागि छुटै  युनिट समेत छ ।

जहाँ गर्भवति महिलाहरुले एचआईभी  परिक्षण गर्ने र एचआईभी लागेकालाई औषधी एआरभी औषधी समेत वितरण गरिँदै आएको छ ।   लुम्बिनी अस्पतालमा दैनिक १ हजार भन्दै धेरै बिरामीले सेवा पाउँछन् ।

 यस्तो छ बिरामी सुनासो
लामो समय भारतमा काम गरेका अर्घाखाँची पाणिनी गाउँपालिका–२ विकास थापा (परिवर्तित नाम) पिलो आयो ।  घरपरिवारको साथमा  पाल्पाको मिसन अस्पतालमा आए । 

भारतको ६ बर्ष बसेका थापाले कुनै रोग लागेको थाहा थिएन् ।  २३ वर्षीय थापा लामो समयसम्म परिवारको समेत सम्पर्क थिएनन् । ६ बर्षपछि अर्घाखाँची आए । 

आएको केहीमहिना नै उनलाई  पिलो आयो तर तिन हप्तासम्म  निको भएन । अनि घरका आफनन्तले पाल्पाको मिसन हस्पिटलमा चेकजाँच गर्दा टिभी देखियो ।

उनले भने, ‘त्यसपछि मिसनले बुटवलको प्रादेशिक अस्पतालमा रिफर गर्यो । यहाँ चेकजाँच गर्दा भाइलाई एचआईभी संक्रमण देखियो । त्यो देखेपछि सर्जन डाक्टरहरू अपरेसन गर्न मान्नुभएन, काठमाडौं लैजानुस् भन्नुभयो । बरु हाम्रो जागिर जाओस् तर, उहाँको अपरेसन गर्न सकिँदैन भन्नुभयो ।’ 

डाक्टरको त्यो अडीपछि समान्य थापा परिवार निकै तनावमा परे । उनका दाई घनबहादुरले थपे, ‘एचआईभी देखिएपछि भर्ना पनि लिन मानेनन् । मैले पाणिनी गाउँपालिका अध्यक्ष अच्युत गौतमलाई फोन गरपछि बल्ल भर्ना लिन माने । यहाँ गरीबलाई र पीडितलाई उपचार गर्न नपाइने कस्तो अस्पताल हो निकै समस्या भयो । हाम्रो आर्थिक स्रोत पनि छैन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप