सानिमा बैंकको सेयर बिक्री खुला
काठमाडौं–सानिमा बैंकको संस्थापक सेयरको बिक्रि खुला भएको छ । २७ लाख १८ हजार ८ सय ३५ कित्ता सेयर सर्वसाधारणका लागि आज देखि (चैत ७) बिक्रि खुला भएको हो ।
यस सेयरका लागि चैत २५ गतेसम्म आवेदन दिन सकिनेछ । आवेदन बिक्रि प्रबन्धक सानिमा क्यापिटल नारायणचौर नक्सालमा आइपुग्ने गरी प्रतिकित्ता कति दरमा लिन चाहेकोे हो सोको मूल्य खुलाई गोप्य शिलबन्दी आवेदन पेश गर्नुपर्नेछ । आवेदन फारम ५०० रुपैयाँ तिरेपछि सानिमा क्यापिटलमा पाइनेछ । आवेदन दिँदा न्युनतम २ लाख कित्ताका लागि दिनुपर्नेछ । अधिकतम भने सबै खरिद गर्न पनि सकिनेछ । सेयरको न्युनतम मूल्य १८० रुपैयाँ तोकिएकोले सो भन्दा बढी मूल्य अंकित गरी आवेदन दिनुपर्नेछ ।
सानिमा बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १८.२४ प्रतिशतले नाफा गरेको छ । यसको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ६२ पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ०४ पैसा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी