बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

शिवम् सिमेन्टको शेयर कारोबार सुरु, ओपन रेन्ज १६१.६० दखि ४८४.८० रुपैयाँसम्म

बिहीबार, ०७ चैत २०७५, १२ : ०५
बिहीबार, ०७ चैत २०७५

काठमाडौं– शिवम सिमेन्टको शेयर दोस्रो बजारमा बिहीबारदेखि कारोबार सुरु भएको छ ।

पहिलो कारोबारका लागि नेप्सेले न्यूनतम १६१.६० रुपैयाँदेखि अधिकतम ४८४.८० रुपैयाँको रेन्ज तोकेको छ । शिवम् सिमेन्टको ४ करोड ४० लाख कित्ता सेयर नेप्सेमा मंगलबार सूचीकृत भएको थियो ।

कम्पनीले फागुन ६ देखि १४ गतेसम्म सर्वसाधारणलाई निष्कासन गरेको ४४ लाख कित्ता आइपीओ पनि मंगलबार नै सूचीकृत भएको हो ।  शिवम्ले प्रभावित क्षेत्रका लागि प्रति कित्ता २०० रुपैयाँ र सर्वसाधारणका लागि प्रति कित्ता ३०० रुपैयाँको दरले प्राथमिक शेयर निष्काशन गरेको थियो ।

शिवम् सिमेन्टको आइपीओ फागुन २२ गते बाँडफाँट भएको थियो । ५ हजार २२० कित्तासम्म आवेदन दिने सबैलाई सेयर बाँडफाँट गरिएको छ ।

१ लाख कित्तासम्म आवेदन दिएकालाई ५ हजार ६४० कित्ताका दरले सेयर बाँडफाँड भएको छ । बाँकी रहेको ११५ कित्ता सेयर ५ हजार २२० कित्ताभन्दा बढी माग गर्नेमध्येबाट गोलाप्रथा गरी ११ जनालाई १० कित्ता थप गरिएको छ ।

नेप्सेमा शिबम् सिमेन्ट सूचीकृत भएसँगै उत्पादन तथा प्रशोधन उपसूचकमा थप एक कम्पनी थपिएको छ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप