शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लोकसेवा टिप्सः ३० वस्तुगत प्रश्नोत्तर

बिहीबार, ०७ चैत २०७५, १२ : ४९
बिहीबार, ०७ चैत २०७५

१. बेलायतको तल्लो सदन हाउस अफ कमन्सले प्रधानमन्त्री थेरेसा मेद्वारा पेस गरिएको यूरोपियन यूनियनबाट बाहिरिने (ब्रेक्जिट) सम्बन्धी दोस्रो प्रस्ताव पुनः कहिले अस्वीकार भएको हो ?
-सन् २०१९ मार्च १२
(प्रधानमन्त्री मेका लागि संसदद्वारा दोस्रोपटक ब्रेक्जिट प्रस्ताव अस्वीकार हुनु ठूलो राजनीतिक धक्का हो । यसअघि जनवरीमा प्रधानमन्त्री मेको ब्रेक्जिटबारे प्रस्ताव संसदले अस्वीकृत गरेको थियो । मार्च १२ को मतदानमा संशोधित प्रस्तावको पक्षमा २४२ र विपक्षमा ३९१ मत परेको थियो । यही मार्च २९ बाट बेलायत ईयूबाट बाहिरिने कार्यक्रम रहेको छ ।)
२. संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को सन् २०१९ जनवरी १ देखि २०२० डिसेम्वर ३१ सम्म अस्थायी सदस्यमा चयन हुन सफल पाँच राष्ट्र कुन–कुन हुन् ?
- जर्मनी, बेल्जियम, डोमिनिकन रिपब्लिक, इन्डोनेसिया र दक्षिण अफ्रिका ।
३. इथियोपियाको आदिस अवावाबाट केन्याको नैरोवीका लागि उडेको इथियोपियन एयरलायन्सको बोइङ ७३७ विमान कहिले दुर्घटना भयो ?
- सन् २०१९ मार्च १० ।
(विमान दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सबै १५७ जनाको निधन भयो ।)
४. विश्व उपभोक्ता अधिकार दिवस कहिले मनाइन्छ ?
- मार्च १५
(यो दिवसको यस वर्षको अन्तर्राष्ट्रिय नाराः ट्रस्टेड स्मार्ट प्रडक्ट र राष्ट्रिय नाराः ‘गुणस्तरीय वस्तु र सेवामा उपभोक्ताको अधिकारः हामी सबैको सरोकार’ रहेको छ ।)
५. नेपाल र चीनबीच पारवहन सम्झौताको प्रोटोकल मन्त्रिपरिषदद्वारा कहिले पारित भयो ?
-वि.सं. २०७५ फागुन ३० ।
(प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा नेपाल र चीनबीच पारवहन सम्झौता भएको थियो । सन् २०१६ मा पारवहन सम्झौता भएको थियो । सम्झौता भएको दुई वर्षपछि गत भदौमा दुई मुलुकबीच पारवहन सम्झौताको प्रोटोकलमा सहमति भएको छ भने सहमतिमा हस्ताक्षर हुन बाँकी छ । प्रोटोकल हस्ताक्षर भएपछि नेपालले चीनका बन्दरगाह प्रयोग र चीन हुँदै तेस्रो मुलुकसँग व्यापार गर्न सक्नेछ ।)
६. विश्वकै पुरानो टेनिस कोर्ट कुन हो ?
- लण्डनस्थित ह्याम्टन टेनिस कोर्ट ।
(द रोयल कोर्ट अफ लण्डन  पनि भनिने यो कोर्ट सन् १५२६ देखि १५२९ को बीचमा बनेको हो । बेलायतका हेनरी आठौँले आफ्नी रानी अने बोलेयलाई उपहारस्वरुप यो टेनिस कोर्ट बनाएका हुन् ।)
७. खेलकुद पोर्टल ईएसपीएनले सन् २०१९ मार्चमा प्रकाशित गरेको विश्व खेल जगत्मा सर्वाधिक लोकप्रिय खेलाडीको शीर्ष स्थानमा रहेका खेलाडी को हुन् ?
- पोर्चुगलका क्रिस्टियानो रोनाल्डो 
(ईएसपीएनले सार्वजनिक गरेको सय चर्चित खेलाडीको सूचीमा फुटबलका सर्वाधिक ३७ खेलाडी समावेश छन् । सूचीअनुसार शीर्ष दश चर्चित खेलाडीमा क्रमशः क्रिस्टियानो रोनाल्डो(पोर्चुगल÷फुटबल), लेब्रोन जेम्स (अमेरिका÷बास्केटवल), लियोनल मेसी (अर्जेन्टिना÷फुटबल), नेमार जुनियर (ब्राजिल÷फुटबल), कोनर म्याकग्रगोर (आयरल्यान्ड÷मार्सलआर्ट), रोजर फेडेरर (स्वीट्जरल्यान्ड÷टेनिस), विराट कोहली (भारत÷व्रिmकेट), राफेल नाडाल (स्पेन÷टेनिस), स्टेफन करी (अमेरिका÷बास्केटबल) र टाइगर उड (अमेरिका÷गल्फ) रहेका ।
८. मोरिससमा अन्तिमपटक देखा परेको उड्न नसक्ने चरा कुन हो ?
- डोडो (हाल अस्तित्वमा नरहेको ।)
९. काठमाडौँ महानगरपालिका अन्तर्गतका सबै विद्यालयले आफ्नो परिसरमा अनिवार्य रूपमा राष्ट्रिय झण्डा फहराउनु पर्ने व्यवस्था कहिलेदेखि लागू गरिने भएको छ ?
- वि.सं. २०७६ वैशाख १ 
(राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोगसम्वन्धी कार्यविधि, २०६९ अनुसार विद्यालय परिसरमा राष्ट्रिय झन्डा राख्नुपर्ने निर्णय गरिएको हो । कार्यविधि अनुसार स्थिर रूपमा राखिएको न्युनतम पाँच मिटर ८० सेन्टिमिटर (१९ फिट) अग्लो पोलमा डोरीले बाँधेर राष्ट्रिय झण्डा फहराउनु पर्ने र मूलद्वारबाट सामान्यतयाः मध्य भागमा प्रष्ट देखिने गरी राष्ट्रिय झण्डा राख्नुपर्ने व्यवस्था गरिएको ।)
९. “शिक्षाको जरो तीतो हुन्छ तर फल चाहिँ मीठो हुन्छ” यो भनाई कसको हो ?
- अरस्तु ।
१०. नेपालको संविधान (२०७२) को कुन धारामा ‘स्वच्छ वातावरणको हक’सम्वन्धी व्यवस्था छ ?
- धारा ३० ।
११. रसुवागढी–केरुङ अन्तर्राष्ट्रिय नाकाका रूपमा कहिले घोषणा भएको हो ?
- वि.सं. २०७४ भाद्र १४ ।
१२. नेपालमा मल्टी करेन्सी कार्ड कहिलेदेखि प्रयोगमा आएको हो ?
- सन् २०१७ नोभेम्वर १५ । 
(विभिन्न राष्ट्रका मुद्रा निकाल्न मिल्ने एटीएम कार्ड नै मल्टी करेन्सी कार्ड हो । नेपालमा सेन्चुरी कमर्सियल बैङ्कले पहिलोपल्ट यो कार्ड प्रचलनमा ल्याएको हो ।)
१३. नेपालमा सर्वप्रथम स्मार्ट लाइटको प्रयोग कहाँ गरिँदै छ ?
- ललितपुर महानगरपालिका 
(कुपन्डोल–लगनखेल, पुल्चोक–ग्वार्को, कुपन्डोलको भित्रि सडक हुँदै पाटन–मङ्गलबजार, सातदोबाटो–धापाखेल र एकान्तकुना–बुङमतीसम्म स्मार्ट लाइट प्रयोग गर्ने महानगरको योजना रहेको छ । यसको प्रयोगले ट्राफिक व्यवस्थापनमा सहज हुने विश्वास गरिएको छ । लाइटको प्रकाशले गाडीको इम्बोस्ड नम्वर प्लेट प्रष्ट देख्न र पत्रपत्रिका पढ्न पनि सकिने बताइएको । विद्युत् खपत पनि कम हुने यस स्मार्ट लाइटमा सीसी क्यामेरासमेत जडान गरिने हुँदा शान्ति सुव्यवस्थामा समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।)
१४. नेपालको कुन ठाँउमा एभोकाडो सम्मेलन आयोजना गरियो ?
- धनकुटा
(धनकुटामा २०७५ मङ्सिर ८ गते एसियाकै पहिलो एभोकाडो सम्मेलन आयोजना गरिएको थियो ।) 
१५. राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा कर्मचारी समायोजन अध्यादेश कहिले प्रमाणीकरण भयो ?
- वि.सं. २०७५ मङ्सिर २३
१६. गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई पञ्चशील क्षेत्र घोषणा कहिले गरिएको हो ?
- वि.सं. २०७५ मङ्सिर ५
(पञ्चशील क्षेत्र घोषणासँगै लुम्बिनी परिसरमा हत्या, हिंसा, चोरी, व्यभिचार र मदिरापान गर्न
नपाइने ।)
१७. सरकारले कुन अवधि सम्ममा डिजिटल नेपाल बनाउने कार्यक्रम तय गरेको छ ?
- सन् २०२५ सम्ममा ।
१८. देशकै पहिलो पूर्ण खोप सुनिश्चित प्रदेश कुन हो ?
- गण्डकी प्रदेश (वि.सं. २०७५ भाद्र १३) ।
१९. नेपाल सरकार मन्त्रिपरिषद् बैठकद्वारा नीति अनुसन्धन प्रतिष्ठान गठन गर्ने निर्णय कहिले भएको हो ?
- वि.सं. २०७५ असोज ५
२०. नेपालमा विदेशी पर्यटक आकर्षित गर्ने उद्देश्यले ‘अतिथि देवो भव’ अभियानको घोषणा कहिले गरिएको हो ?
- वि.सं. २०७३ जेठ ४ । 
२१. नेपाल र चीनबीच नियमन सूचना आदानप्रदान (क्गउभचखष्कष्यलबचथ क्ष्लायचmबतष्यल भ्हअजबलनभ) सम्वन्धी सम्झौता कहिले भएको हो ?
- सन् २०१६ मार्च २१ ।
२२. जापानी भाषामा प्रकाशित पहिलो नेपाली कृति ‘सेतो बाघ’ हो भने कोरियन भाषामा प्रकाशित पहिलो नेपाली कृति कुन हो ?
- पल्पसा क्याफे 
२३. छातेढुङ्गा नामक स्थान कहाँ रहेको छ ?
- तेह्रथुम 
(तेह्रथुमको आठराई गाउँपालिका–५ छातेढुङ्गामा ढुङ्गा कुँदेर छाता आकारका तीनवटा आकर्षक ठूला स्तम्भ राखिएका छन् । निर्मल–शिवकर्ण कङ्दङ्वा लिम्बु परिवारले कृति राख्न वि.सं. १९८९ मा ढुङ्गाको छाता बनाएका थिए । पछि यो क्षेत्रको नामकरण नै छातेढुङ्गा हुन गएको हो ।)
२४. सरकारले नेपालका कति जातिलाई अल्पसङ्ख्यक जातिका रुपमा वर्गीकरण गरेको छ ?
- ९८ (वि.सं. २०७४ वैशाख ८)
२५. नेपालको कुन सडकलाई प्रधानमन्त्री अन्तर्राष्ट्रिय द्रुतमार्ग नामकरण गरिएको छ ?
- सुर्खेत–हिल्सा सडक ।
२६. नेपालमा कुन अवधिलाई ‘ऊर्जा तथा जलस्रोत दशक’ घोषणा गरिएको छ ?
- वि.सं. २०७५–२०८५
२७. वि.सं. २०७५ असार मसान्तसम्म नेपाल सरकारको निजामती सेवामा महिला कर्मचारीको हिस्सा कति रहेको छ ?
- २३.७२ प्रतिशत
(सो अवधिसम्म नेपाल सरकारको निजामती सेवामा  कुल ८९ हजार ३९ कर्मचारी कार्यरत रहेकामा २१ हजार १२४ महिला र बाँकी ६७ हजार ९१५ (७६.२८ प्रतिशत) पुरुष कर्मचारी रहेका थिए ।)
२८. नेपालको कुन जिल्लालाई ‘पहाडकी रानी तथा नगदेवालीको खानी’ उपनामले चिनिन्छ ?
- इलाम ।
२९. बाल तथा मातृ मृत्युदर कम गर्ने उद्देश्यका साथ ‘शून्य होम डेलिभरी’ अभियान सञ्चालन गर्ने स्थानीय तह कुन हो ?
- मालिका गाउँपालिका, गुल्मी
(यो अभियान अन्तर्गत सो गाउँपालिकामा गर्भवती महिला भएको घरमा हरियो झण्डा गाड्ने गरिएको ।)
३०. डेमोक्रेसी सूचाकाङ्क २०१८ अनुसार नेपाल कुन स्थानमा रहेको छ ?
- ९७ औँ ।

 

गाेरखापत्रबाट


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप