बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेस नेता सिटौला अस्पताल भर्ना, आईसीयुमा उपचार हुँदै

शुक्रबार, ०८ चैत २०७५, २० : ०२
शुक्रबार, ०८ चैत २०७५

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला अस्पताल भर्ना भएका छन् । सिटौला अस्वस्थ भएर आज बिहान हेम्स अस्पताल भर्ना भएका हुन् । 

पूर्व गृहमन्त्री समेत रहेका सिटौलाको आईसीयुमा राखेर उपचार हुँदैछ । 

सिटौला निकट एक नेताका अनुसार सिटौलामा हेमोग्लोबिनको कमी देखिएको छ भने अन्य स्वस्थ्य परीक्षण भैरहेको छ ।

सिटौलालाई अस्पताल पुगेर अर्जुननरसिंह केसी, शेखर कोइराला, प्रकाशशरण महत, भीमसेनदास प्रधान, गगन थापा, प्रदिप पौडललगायतका नेताहरुले भेटेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप