शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्राध्यापक डा. दाहालको निधन

शुक्रबार, ०८ चैत २०७५, २० : १९
शुक्रबार, ०८ चैत २०७५

काठमाडौँ । प्राध्यापक डा. मदनकुमार दाहालको ७१ वर्षको उमेरमा काठमाडौँ शिक्षण अस्पतालमा आज निधन भएको छ । 

उपचारका क्रममा उनको आज दिउँसो निधन भएको अस्पतालले जनाएको छ । 

चार दशक त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरेका दाहाल विश्वविद्यालयको अर्थशास्त्र विभागको प्रमुखसमेत थिए । 

विश्वविद्यालयबाट अनिवार्य अवकाश लिएपछि उनले बैंकिङ क्षेत्र र अर्थ मन्त्रालयको राजश्व परामर्श समितिमा रहेर नेपालको आर्थिक क्षेत्रको उन्नयनका निम्ति योगदान गरेका थिए । 

स्व. दाहालका अर्थशास्त्रसम्बन्धी १५ भन्दा बढी पुस्तक प्रकाशन भएका छन् । उनको आजै साँझ पशुपति आर्यघाटमा दाहसंस्कार गरियो । 

उनकी श्रीमती छन् । उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्न अर्थमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, प्राध्यापक, अर्थशास्त्री, उनका शिष्य, नेपालको बैङ्किङ क्षेत्रका अगुवालगायत आर्यघाट पुगेका थिए । 

यसैबीच मेगा बैंक लिमिटेडले आफ्ना पूर्वअध्यक्षको निधनमा गहिरो शोक व्यक्त गर्दै प्राध्यापक दाहालका परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप