शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बारमा चुनावी चर्चा, श्रेष्ठ र पोखरेल चुनावी मैदानमा

शुक्रबार, ०८ चैत २०७५, २० : २६
शुक्रबार, ०८ चैत २०७५

काठमाडौँ । नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि अध्यक्षका प्रत्याशीद्वय चण्डेश्वर श्रेष्ठ र सुनील पोखरेल आ–आफ्नो जीत सुनिश्चित रहेको दाबी गरेका छन् । 

प्रगतिशील खेमाबाट चण्डेश्वर श्रेष्ठ नेतृत्व र लोकतान्त्रिक खेमाबाट सुनिल पोखरेल नेतृत्वको समूह चुनावी मैदानमा उत्रिएको छ । 

बारको यही चैत १६ गते हुने २५औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको पूर्वसन्ध्यामा आज यहाँ आयोजना गरिएको कार्यक्रममा प्रगतिशील, पेशागत तथा समावेशी कानून व्यवसायी समूहबाट अध्यक्षका प्रत्यासी श्रेष्ठले स्वतन्त्र, सक्षम, निष्पक्ष र भ्रष्टाचारमुक्त न्यायपालिकाका लागि आफ्नो समूह प्रतिबद्ध रहेको बताए । 

विधिको शासन, मानवअधिकारको रक्षा र पेशागत हकहितसँगै स्वतन्त्र न्यायपालिका बनाउन बारले सहकार्य र खबरदारीको दुवै भूमिका निर्वाह गर्ने धारणा श्रेष्ठले बताए । उनले कानून व्यवसायीको मर्यादालाई उच्च राख्न सरकारसँग पहल गर्ने पनि सुनाए । 

अध्यक्षका अर्का प्रत्याशी सुनिल पोखरेलले आफ्नो समूह नेतृत्व केन्द्रित नभएर नीति केन्द्रित भएको बताए । 

न्यायपालिकामा रहेका विकृति सुधार्नुनै आफ्नो प्रमुख लक्ष्य भएको स्पष्ट पार्दै आफूले देशभरिका कानून व्यवसायीको हकहित संरक्षण गर्नेछु भने । 

बारको २५ सदस्यीय कार्यसमितिमा १३ पदाधिकारी र १२ सदस्य रहने व्यवस्था छ । देशभरका १० हजार ३१३ मतदाताले ३५ मतदान केन्द्रबाट मत हाल्नेछन् । केन्द्रीय कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप