बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

लसएन्जल्सका कलाकारहरु बन्दूक हिंसा विरुद्ध आवाज उठाउँदै

शनिबार, ०९ चैत २०७५, ११ : ०६
शनिबार, ०९ चैत २०७५

हाल अमेरिकामा ठूलो समस्याको रुपमा बढिरहेको “बन्दूक हिंसाको विरुद्ध जनचेतना” दिने  भिडियो 'याे जीवनकाे भरछैन'को प्रोमो क्यालिफोर्नियाको लसएन्जल्समा सार्वजनिक गरिएको छ । 

भिडियोमा न्यूयोर्क फिल्म एकेडेमी लसएन्जल्सबाट स्नातक गरेका नेपाली समुदायका  सुरज श्रेष्ठ र ब्राजिलिन मूलकी पुरस्कार  बिजेता कलाकार रिब्बेका मोमोको मुख्य अभिनय रहेको छ । जस्मा एस राज प्रोडक्शनका एस.राज (शंकर राज वाग्ले)को निर्देशन तथा छायांकन रहेको छ । 
उन यस अघि नेपाली चर्चित धारावाहिक मेरी बास्सैमा निकै रुचाईएको भुमिका राईफलेका रुपमा प्रस्तुत भएका थिए । कान्तिपुर टेलिभिजनको घरबेटी -बा टेलिश्रखलामा समेत प्रमुख भुमिकामा रहेर अभिनय गर्दै हाल अमेरिकामा समेत जनचेतनामुलक भिडियोहरु बनाईरहेका छन् ।

साथै बोधी एच डी र वरिष्ठ चलचित्र निर्देशक नारायण पुरीको पनि सहकार्यता रहेको छ । उक्त भिडियोमा कलाकारहरु कुसुम थापा, श्याम सेढाई,एनआरएन एनसिसि अमेरिकाकी महिला संयोजक एवं सामाजिक अभियन्ता इन्दिरा त्रिपाठी ,संचारकर्मी डोल्मा लामाको पनि भूमिका रहेको छ । अन्य कलाकारहरुमा चक्रपाणि मिस्र ,पण्डित -चुडामणी गौतमको पनि महत्वपूर्ण भुमिका रहेको छ ।

उक्त भिडियोमा एस .राज प्रोडक्शनका टोलीले आफ्नै निर्देशन र छायांकनमा अमेरिकामै पहिलोपल्ट यो जल्दो बल्दो समसामयिक विषयबस्तु पर्दामा उतार्न सफल भएका छन् । यो विषयवस्तु अत्यन्तै महत्वपूर्ण रहेको छ र “यो जिवनको के भर छ र “ भन्ने सान्दर्भिक गीतमा “बन्दूक हिंसा बिरुद्ध जनचेतना” फैलाउने कथाबस्तुको अवधारणा भने सामाजिक अभियन्ता एवं संचारकर्मी डोल्मा लामाले ल्याएकी हुन् ।

सम्पादन हलिउडका तानो जोर्की ले गरेका छन् । जीवनसंग सम्बन्धित “ यो जिवनको के भर छ र “ भन्ने गीत चर्चित गायिका सोफीया थापाले गाएकी हुन् भने  संगित संगीतकार हरि लम्सालको र रचना गीतकार अनमोल मणिको रहेको छ ।

यो भिडियो हलिउडमा सार्वजनिक गरिने तयारी भई रहेको सचारकर्मी डोल्मा लामाले जानकारी दिएकी छिन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप