शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

न्युजील्याण्डमा गोलीवारी भएको दिनलाई ‘इस्लामोफोबिया विरोधी दिवस’ घोषित गर्न मुस्लिम राष्ट्रको माग

शनिबार, ०९ चैत २०७५, १२ : ०९
शनिबार, ०९ चैत २०७५

एजेन्सी । मार्च १५ को दिन न्युजिल्याण्डका दुई मस्जिदहरुमा आतंकवादी आक्रमण भयो । यस दिनलाई इस्लामलाई लिएर फैलाइएको डरविरुद्धको संयुक्त राष्ट्रिय दिवस घोषणा गर्न माग अगाडि सारिएको छ ।   

‘अर्गनाइजेशन अफ इस्लामिक को–अपरेशन(ओआईसी)’ ले संयुक्त राष्ट्र संघसँग मार्च १५ लाई इस्लामोफोबिया विरुद्ध विवस घोषित गर्न माग गरेको हो । यस दिवसले मानिसहरुमा यो समस्याप्रति जागरुकता बढाउने उनीहरुले बताए । 

टर्कीको इस्तानबुलमा भएको बैठकपछि ओआईसीमा सहभागी मुसलमान बहुल देशका नेताहरुले इस्लामोफोबिया (इस्लामलाइ लिएर बलियो डर)को कारण हिंसा भइरहेको बताए । साथै उनीहरुले यी हिंसा विरुद्ध वास्तविक, व्यापक र व्यवस्थित उपाय आवश्यक भएको बताए । 

ओआईसीले पछिल्लो समय मस्जिद र मुसलमानहरुमाथि हमला बढेको बताउदैं यो इस्लामविरुद्ध फैलाइएको घृणाको प्रतिफल भएको बताए । 

संगठनको भनाईमा अल्पसंख्यकको रुपमा रहिरहेका अथवा आप्रवासी मुस्लिम समुदायहरुविरुद्ध यस्ता कार्यहरु बढी हुने बताए । यसलाई रोक्नको लागि इस्लामलाई आतंक, उग्रवाद र खतरासँग जोडेर प्रस्तुत गर्न निरुत्साहीत गर्नु पर्ने माग गरे । 

टर्कीका राष्ट्रपति रिसेप तयीप एर्दोगानले बैठक पछि भने ,“ विश्वसमुदायले जसरी यहुदीहरुको नरसंहारपछि यहूदी विरोधी भावनाविरुद्ध लडाई लडेको थियो । ठीक त्यसरी नै इस्लामविरुद्ध उत्पन्न भइरहेको डरविरुद्ध पनि लड्न प्रतिवद्ध हुनुपर्छ । आजको दिनमा इस्लामोफोविया र इस्लामविरुद्धको घृणा विश्वव्यापी भएको छ । ”

न्युजिल्याण्डको क्राइस्टचर्च सहरस्थित दुई मस्जिदमा नमाजको लागि भेला भएका मुस्लिमहरुमाथि एक उग्रवादी दक्षिणपन्थीले गोली प्रहार गर्दा ५० को ज्यान गएको थियो । मर्नेमा महिलासहित बालबच्चासमेत छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप