बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कपिलवस्तु प्रहरीद्वारा पेस्तोलसहित एक युवा पक्राउ

शनिबार, ०९ चैत २०७५, १६ : ०२
शनिबार, ०९ चैत २०७५

बुटवल । शनिवार कपिलवस्तुको प्रहरीले पेस्तोल सहित एक युवालाई पक्राउ गरेको छ  ।
  शिवराज नगरपालिका–४ चेनईका २४ वर्षीय रिजुवान मुसालमानको घर खानतलासी गर्द एक थान कटुवा पेस्तोल र एक थान म्यागजिन  फेला परे पनि उक्त हतियार बरामद गरि मुसलमानलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय चन्द्रौटाका  प्रहरी निरीक्षक महेश्वर उपाध्यायले जानकारी दिए । 

 घरमा हतियार राखेको बिशेष सुराकीको आधारमा उनको घर खान तलासी गरिएको र उनी कुन समूहमा संलग्न छन भन्ने विषयमा अनुसन्धान भइरहेको जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप