बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

स्पर्स लघुवित्तको प्राथमिक शेयर बाँडफाँड

आइतबार, १० चैत २०७५, १७ : २६
आइतबार, १० चैत २०७५

काठमाडौं– सानिमा क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निष्काशन गरिएको श्री स्पर्स लघुवित्त वित्तिय संस्था लिमिटेडको साधारण शेयर बाँडफाँड भएको छ ।

१०० अंकित दरको २,६९,६३० कित्ता साधारण शेयरहरु मध्ये सामूहिक लगानी कोषका लागी ५% अर्थात १३,४८२ कित्ता बाँडफाँड भएको छ ।  निष्काशनकर्ता संस्थाका कर्मचारीहरुका लागी ४,१४८ कित्ता बाँडफाँड गरी बाँकी रहेको २५२,००० कित्ता शेयरहरु फागुन २६ देखि २९ गतेसम्म सर्वसाधारणमा खरिद आह्वान भएको थियो ।

जसमा २,९८,३५३ जना आवेदकहरुबाट जम्मा ८१,२२,९४० कित्ताको लागि शेयर आवेदन परेको थियो ।

आवेदन दिने आवेदकहरु सबैलाई १० कित्ताको दरले बाँडफाँड गर्न नपुग हुने हुनाले गोलाप्रथाको माध्यमबाट २५,२०० जना सफल आवेदनकर्ता छनौट गरी १० कित्ताको दरले २,५२,००० कित्ता शेयर निष्काशन तथा विक्रि प्रबन्धक, निष्काशनकर्ता कम्पनी र प्रोफेशनल कम्प्युटर सिस्टमका प्रतिनिधि लगायत लगानीकर्ताहरुको उपस्थितिमा बाँडफाँड भएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप