मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

८ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा एनआरएनए पनि सहभागी हुने

आइतबार, १० चैत २०७५, १८ : १०
आइतबार, १० चैत २०७५

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पनि ८ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने भएको छ । 

एनआरएनएले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ८ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने औपचारिक जानकारी गराएको हो ।

नेपालको खेलकुद क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय क्षेत्रबाट पनि आवश्यक सहयोग जुटाउन आफूहरुको तर्फबाट पनि सो खेलकुद प्रतियोगितामा भाग लिने निर्णय गरिएको एनआरएनका अध्यक्ष भवन भट्टले जानकारी दिए । उनले नेपालको समृद्धिका लागि खेलकुद, शिक्षा र स्वास्थ्यको क्षेत्रमा सरकारसँग सहकार्य गरेर अघि बढने योजना पनि अघि सारे ।

प्रतियोगितामा एनआरएनएको तर्फबाट कराँते, जुडो, ब्याटमिन्टन, टेबल टेनिस, गल्फ, म्याराथन र बक्सिङ खेलका लागि २४ जना खेलाडी सहभागी हुने पनि जानकारी गराइएको छ । अध्यक्ष भट्टले प्रतियोगितामा अमेरिका, अष्ट्रेलिया, जापान, हङकङ, मकाउ, मलेसियालगायतका गैर आवासीय नेपाली खेलाडीहरु सहभागी हुने पनि स्पष्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप