शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अव २४ लाखमा ड्याट्सन गो कार

आइतबार, १० चैत २०७५, १९ : ०१
आइतबार, १० चैत २०७५

काठमाडौं । नेपालमा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले नेपाली बजारमा ड्याट्सन गो गाडीको नयाँ मूल्य सार्वजनिक गरेको छ ।

२४ लाख ९९ हजार पर्ने यस गाडीका विभिन्न ३ मोडेलहरु गो ए (ओ), गो टी र गो टी (ओ) नेपाली बजारमा उपलब्ध छन् । यी गाडीहरु थापाथली तथा उत्तरढोकास्थित कम्पनीका आधिकारिक शोरुमहरु तथा नेपाल अधिराज्यभर रहेका विभिन्न १३ स्थानबाट सहजै प्राप्तगर्न सकिने कम्पनीले जनाएको छ ।

नयाँ ड्याट्सन गो गाडीमा विभिन्न विशेषताहरु जस्तोः आरामदायी, सुरक्षा तथा स्टाइलिस ड्राइभिङ अनुभव लिन सकिने कम्पनीले बताएको छ । कारले नयाँ युगकोलागि जापानिज प्रविधियुक्त इन्जिन, इन्धन किफायती, बस्नको लागि धेरै स्पेस तथा सुरक्षा जस्ता पक्षहरुको सर्वोत्तम प्याकेज प्रदान गरेको कम्पनीको दावी छ । 

फस्ट इन सेग्मेन्ट

-एनड्रोइड अटो प्ले र एप्पल कार प्लेको साथ ७ इन्चको टच अडियो रहेको छ ।

-१४ इन्चको डाइमन्ड

–कट अल्लोइ ह्वील छ ।

-सेफ्टी प्याकेज– डुयल एयर ब्याग, एबीएस+ईबीडी+बीए तथा पार्किङ सेन्सर
 

वेस्ट–इन–क्लास

- १८० एम.एमको ग्राउन्ड क्लियरेन्स

-२४५० एम.एमको ह्वील वेस

-२६५ लिटर लगेज स्पेस

-४.६ एम टर्निङ रेडियस

नयाँ ड्याट्सन गोमा राईड कन्ट्रोल एडभान्स सस्पेन्सन सिस्टम तथा १.२एल एचआर१२ डीई पेट्रोल इन्जिन रहेको छ । जसले प्रतिलिटर १९.८३ किलोमिटर प्रदान गर्दछ । बाहिर हेर्दा स्पोर्र्टि तथा भित्र बस्नको लागि धेरै स्पेस भएको ड्याट्सन कारले अतिरिक्त सुरक्षा, वेस्ट–इन–क्लास स्पेस, तथा गतिशीलता प्रदान गर्दछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप