‘काफलको दाना’मा पल र आँचलको प्रेम
सोमबार, ११ चैत २०७५, ०९ : ४३
काठमाडौं – चर्चित गायक हिमाल सागरको नयाँ गीत ‘काफलको दाना’ भिडियो सहित सार्वजनिक भएको छ । गीतको भिडियोमा भिडियोमा कलाकार पल शाह र आँचल शर्मा देखिएका छन् ।
गीतमा सागरलाई गायनमा गायिका बिन्दु पौडेलले साथ दिएकी छिन् । दीपक शर्माको शब्द, संगीत रहेको गीत वैँशालु उमेरका हरेक प्रेमील जोडीलाई लक्षित गरेर तयार गरिएको छ ।
गम्भिर विष्टको निर्देशन रहेको गीतको भिडियोमा पल र आँचलको अहिलेसम्मकै सशक्त अभिनय छ । गीतमा पल र आचलले काफलको दाना गलबन्दीमा ल्याएर प्रेमका कुरा गर्दै जन्मदिन मनाउने कुरा गर्दैछन् ।
नवराज उप्रेतीको छायांकन, नबिन निरौलाको सम्पादन, नरेन्द्र बियोगीको एरेन्ज रहेको गीतको कोरियोग्राफी सिबोल थापाले गरेका हुन् ।