शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यो साता बजारमा आए यस्ता गीत

सोमबार, ११ चैत २०७५, १६ : ३०
सोमबार, ११ चैत २०७५

काठमाडौँ– नेपाली सङ्गीत बजारमा यो साता पनि करिब दुई दर्जन नयाँ गीत भित्रिए । यसरी भित्रिएका गीत सङ्गीतमा लोकगीतदेखि आधुनिकगीतसम्म रहेका छन् । ती यस्ता छन् । 

‘अर्को जन्म होला नहोला’

काठमाडौँ– मोडल अमित शाह र मनिता खुलालको आकर्षक अभिनय रहेको भिडियो ‘अर्को जन्म होला नहोला’ सार्वजनिक भएको छ । गायिका जुनु गौतमको स्वर रहेको यो गीतमा गोविन्द हुमागाईंको शब्द, कर्मा ग्याल्चेन बम्जनको सङ्गीत तथा फणिन्द्र राईको सङ्गीत संयोजन छ ।

नवराज घिमिरेको छायाङ्कन रहेको भिडियो प्रवीण थापाले निर्देशन गरेका हुन् । गीत आफ्नो जीवनसँग मेल खाएकाले भिडियोमा पनि अभिनय गरेको मोडल अमित शाहले बताए । 


‘१४ अञ्चल ससुराल’

काठमाडौँ– अभिनेत्री सारा श्रीपाली र पल शाहको अभिनय रहेको ‘१४ अञ्चल ससुराल’ सार्वजनिक भएको छ । गायक खुमन अधिकारीको स्वर रहेको गीतको भिडियो पनि बनेको छ । गीतमा शब्द तथा सङ्गीत माधव न्यौपानेको छ ।

चलन चल्तीका गीतभन्दा केही लामो लाग्ने गीतमा पल र सारासँगै अराज केशवले पनि नृत्य गरेका छन् । विक्रम चौहानको निर्देशनमा बनेको भिडियोमा विदेशी युवती पनि देखिएकी छन् । 


‘जवानीमा पहिलो पाइला...’ 
काठमाडौँ– डा. डीआर उपाध्यायको नयाँ गीत ‘प्रेममा पहिलो पाइला...’ सार्वजनिक भएको छ । शशी रावलको स्वर, सागर अधिकारी ‘शरद’को सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । 
डीआरको ‘सहेली’ एल्बममा रहेको यो गीतको भिडियोलाई सुवास प्रधानले निर्देशन गरेका हुन् । प्रेम लामाको छायाङ्कन, टेकेन्द्र शाहको सम्पादन रहेको गीतको भिडियोमा मनिषा सापकोटा र प्रकाश विकलाई फिचर्ड गरिएको छ । 
डीआर म्युजिक एन्ड ट्रेडिङबाट सार्वजनिक गरिएको गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ । 
साहित्यकार तथा गीतकार डा. डीआर उपाध्यायले केही समयअघि नेपाली एल्बम प्रकाशनमा एकै पटक सबैभन्दा धेरै एल्बम निकालेर नयाँ रेकर्ड राखेका थिए । राष्ट्रकवि माधवप्रसाद घिमिरेको हातबाट एकै पटक सात एल्बम विमोचन गरिएको थियो । यो विषयलाई सम्बोधन गर्दै उनलाई ‘एभरेस्ट वल्र्ड रेकर्ड’को प्रमाणपत्र पनि प्रदान गरिएको छ ।  


‘कान्छी हे कान्छी’
काठमाडौँ– बेली डान्सरको रूपमा परिचित मोडल बिनु शाक्य र मोडल कमल सिंहको अभिनयमा ‘कान्छी हे कान्छी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । रायन डङ्गोलको स्वरमा रहेको गीतमा कृष्ण भक्त महर्जनको शब्द सङ्गीत छ । 
सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडियोमा बिनु एक गाउँले युवतीको भूमिकामा छिन् । सोनम पाख्रिनको निर्देशनमा भिडियो तयार भएको हो । 

‘आँखा झिमिक्कै’
काठमाडौँ– गायिका प्रमिला तामाङ र ‘लैबरी सिङ्गिङ स्टार’ सिरज २ का विजेता सुरज लोहनीको स्वरमा रहेको ‘आँखा झिमिक्कै’ बोलको गीत युट्युबमा सार्वजनिक भएको छ । गीतमा दीपक रमणको शब्द तथा सङ्गीत छ ।

सनसाइन प्रोडक्सन प्रालिले निर्माण गरेको भिडियोमा सुशान्त श्रेष्ठ, निमा शेर्पा, सविता खड्गी र सानु शेर्पा फिचर्ड छन् । गायिका प्रमिला र गायक सुरजलाई पनि भिडियोमा देख्न सकिन्छ । 

नारायण लामाको निर्देशन रहेको गीतको भिडियोमा सुमन तामाङको कोरियोग्राफी छ । कोरियोग्राफर तामाङले नै भिडियोको सम्पादन पनि गरेका हुन् ।
  ‘तकदिर’

काठमाडौँ– उमा खड्काले पहिलो लोकदोहोरी गीत ‘तकदिर’ भिडियोसहित ल्याएकी छन् । गीतमा विष्णु परियार र अर्जुन पन्तसँग उनले गायनमा सहकार्य गरेकी छन् ।

निशान एसके र पुजना घिमिरेको अभिनय रहेको गतिको भिडियोमा सुशील डाँगीको छायाङ्कन, प्रकाश एसकेको सम्पादन र निशान एस केको निर्देशन रहेको छ । 


‘बटौलीको बजार’

काठमाडौँ– मानव कालुङ मगरको प्रस्तुतिमा ‘बटौलीको बजार’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा गायिका मानव कालुङ र गायिका देवी घर्ती मगरको स्वर रहेको छ ।
गम बयम्बु मगरको शब्द तथा लय सिर्जना रहेको गीतको भिडियोमा सरिष्मा मगर र मानव कालुङ मगरको अभिनय छ ।
निरज शाहीको कोरियोग्राफी, मुकेश हुमागाईंको छायाङ्कन, राजेश कुमारको सम्पादन, बबिता श्रेष्ठको निर्देशन रहेको भिडियो आकर्षक बनेको छ । 

‘नक्कले मोरा’
काठमाडौँ– मेलिना राई र विक्रान्त मेहताको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । शुक्रबार मेलिना राईको अफिसियल च्यानलबाट ‘नक्कले मोरा’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक उक्त गीतमा दीपक शर्माको शब्द तथा सङ्गीत रहेको छ ।
शान थापाको निर्देशनमा तयार भएको भिडियोमा गायक मेहता र एलिसा राई फिचरिङ छन् । राजीव समरको करियोग्राफी रहेको भिडियोमा बुद्ध थापाले क्यामेरा चलाएका छन् ।

‘हिमाली फेदैमा’ 
काठमाडौँ–  गायक सुनिल लामाको हिमाली फेदैको गाउँमा बोलको गीत सार्वजनिक भएको छ । काठमाडौँमा एक कार्यक्रमबीच उक्त गीतको भिडियो सार्वजनिक भएको हो । 
गायक सुनिल लामाकै सङ्गीत रहेको उक्त गीतका रचनाकार भने समिर लामा हुनुहुन्छ । वरिष्ठ सङ्गीतकार शिलाबहादुरको एरेन्ज रहेको गीतमा सुनिता लुङ्बा र योसफको अभिनय देख्न सकिन्छ । 
गीतको भिडियोको कोरियोग्राफी, सम्पादन र निर्देशन अजय स्याङ्तानको रहेको छ भने थोकर फिल्मस् प्रालिको पोस्ट प्रडक्सनमा उक्त गीत बजारमा आएको छ  । सार्वजनिक भएको गीतको भिडियोमा काभ्रेको नमोबुद्धका मनोरम दृश्यावलोकन गर्न सकन्छि भने गीत सङ्स नेपालको युटुब च्यानलमार्फत सार्वजनिक भएको छ  गायक लामा वैदेशिक रोजगारीका क्रममा कोरियामा रहँदै आउनुभएको छ । 
‘घात’
काठमाडौँ– मोडल विकास लामिछाने र नायिका मरिस्का पोखरेलले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘घात’ बोलको मर्मस्पर्सी गीतमा मेदी हसन न्यायदीको आवाज रहेको छ । 
समिर राईको शब्द र नागेन्द्र श्रेष्ठको सङ्गीत रहेको गीतको भिडियो शिशिर श्रेष्ठको निर्देशन गरेका हुन् । काठमाडौँ आसपासमा खिचिएको भिडियोमा विछोडको पीडा देखाइएको छ ।

‘सलल बग्ने गण्डकी नदी’

काठमाडौँ– गायक निश्चल गुरुङ र गायिका भीमा गुरुङको आवाज रहेको गीत ‘सलल बग्ने गण्डकी नदी’ बजारमा आएको छ । राजु तोलाङ्गी गुरुङको शब्द तथा लय रहेको गीत सालैजो भाकामा तयार गरिएको छ । 

विकास तामाङको छायाङ्कन, निरोत्तम पाण्डेको सम्पादन, सुजन सुर्खेती गोरखालीको निर्देशनरहेको भिडियोमा सुजन र रिनुको अभिनय रहेको छ ।

‘गल्ती भो’
काठमाडौँ– गायक प्रमोद खरेलको गीत ‘गल्ती भो’को भिडियोमा अभिनेत्री केकी अधिकारी देखिएकी छन् । देवेन्द्र क्षेत्रीको शब्द रहेको गीतमा अर्जुन पोखरेलले सङ्गीत भरेका हुन् । 
सुन्दर नगरी पोखरामा छायाङ्कन गरिएको गीतको म्युजिक भिडियो फलानो क्रिएसनले बनाएको हो । भिडियोमा केकी अधिकारीलाई देवेन्द्र क्षेत्रीले साथ दिएका छन् । सरोज अधिकारीको छायाङ्कन, सुवास अम्गाईंको सम्पादनमा रहेको भिडियो अपिल त्रिपाठीले निर्देशन गरेका हुन् ।

 

‘सिरानचोके चेली’
काठमाडौँ– नृत्य निर्देशक दीप गुरुङको प्रस्तुतिमा ‘सिरानचोके चेली’ वोलको मौलिकगीत सार्वजनिक भएको छ । मौलिक गीत ‘सिरानचोके चेली’मा कौडा किङ सर्जक तथा गायक गणेश गुरुङ र गायिका दुर्गा परियारको सुमधुर स्वर रहेको छ ।
गीतको शब्द पनि गायक गणेश गुरुङ र निर्देशक दीप गुरुङको रहेको छ । जसलाई पवन वाङले सङ्गीत संयोजन गरेका छन् ।

गीतको म्युजिक भिडियो दीप गुरुङको निर्देशन र आशुतोष ऐडीको सह–निर्देशनमा निर्माण भएको छ । जसमा मनोज थापा मगर, लक्ष्मी गुरुङ, पार्वती गुरुङ, बबिता गुरुङ, सुमित्रा गुरुङ, उवा मगर र पश्चिमाञ्चल सांस्कृतिक ग्रुपको दमदार नृत्य तथा अभिनय रहेको छ ।

‘मायालु’

काठमाडौँ– अभिनेत्री तथा कार्यक्रम सञ्चालिका रिमा विश्वकर्मा अभिनित नयाँ म्युजिक भिडियो ‘मायालु’ सार्वजनिक भएको छ । जहाँ भिडियोमा उनलाई मोडल जीवन भट्टराईले साथ दिएका छन् ।
परदेशीको कथा बोल्ने म्युजिक भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन् । आरसी थापाको शब्द तथा सङ्गीत रहेको गीतमा लोकप्रिय गायक स्वरूप राज आचार्यले स्वर  भरेका छन्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप