शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मुग्लिनबाट छुटेको बस त्रिशुली नदीमा खस्यो

सोमबार, ११ चैत २०७५, २३ : ३१
सोमबार, ११ चैत २०७५

काठमाडौं । सोमबार मुग्लिनबाट कुरिनटारतर्फ आउँदै गरेको बस त्रिशुली नदीमा खसेको छ । काठमाडौँ टू बाग्लुङ लेखेको ना५ ख ३६८२ नम्बरको बस त्रिशुली नदिमा खसेको हो । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार तीन जना सवार बस चितवनको इच्छाकामना–५ घोप्टेभिरमा दुर्घटना भएको हो । 

बसमा चालक, सहचालक र अर्को बसको चालक रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सहचालकको अवस्था गम्भिर रहेको छ भने २ जनाको सामान्य रहेको छ । 

मुग्लिनबाट खाना खाएर कुरिनटारतर्फ आउँदै गर्दा बस दुर्घटना भएको हो । प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप