शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कुवेतसँग नेपाल पराजित

मङ्गलबार, १२ चैत २०७५, ०७ : १५
मङ्गलबार, १२ चैत २०७५

काठमाडौँ – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपाल कुवेतसँग १–० गोलले पराजित भएको छ । यसअघि पहिलो खेलमा कुवेतलाई गोलरहित बराबरीमा रोकेको नेपालले सोमबार राति भएको दोस्रो खेलमा पेनाल्टीमा गोल खाएको थियो ।

कुवेतले २९औं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बनेको थियो । नेपालका रक्षक रन्जित धिमालले डिबक्सभित्र फल खेलेपछि पाएको पेनाल्टीलाई कुवेतका युसुफ नासिरले सदुपयोग गरे । 

खेलमा कुवेतले लगातार आक्रमण जारी राखेपनि नेपालका गोलरक्षक किरण चेम्जोङले विफल पारेका थिए । पहिलो खेलमा पनि किरणकै सानदार प्रदर्शनमा नेपालले कुवेतलाई गोलरहित बराबरीमा रोकेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप