बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गेलको अर्धशतमा पन्जाब विजयी

मङ्गलबार, १२ चैत २०७५, ०७ : ४४
मङ्गलबार, १२ चैत २०७५

एजेन्सी – टोलीका अनुभवै खेलाडी क्रिस गेलले अर्धसतकीय प्रदर्शन गरेपछि किंग्स इलाभेन पन्जाबले इन्यिन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा विजयी सुरुवात गरेको छ । जयपुरमा सोमबार राति भएको खेलमा पन्जाबले राजस्थान रोयल्सलाई १४ रनले हरायो ।

टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक सय ८४ रन बनाएको थियो । पन्जाबका लागि क्रिस गेलले सर्वाधिक ७९ रन बनाए । सरफराज खानले अविजित ४६, मयंक अग्रवाले २२ र निकोलस पुरनले १२ रन बनाए । बलिङमा राजस्थानका बेन स्ट्रोक्सले दुई विकेट लिए । धवन कुलकर्णी र कृष्णप्पा गौतमले एक एक विकेट झारे ।

एक सय ८५ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ९ विकेटको क्षतिमा  एक सय ७० रन बनाएको थियो । राजस्थानका लागि जोश बट्लरले ६९ रन बनाए । सन्जु सामसनले ३०, कप्तान अजिंका रहानेले २७ र स्टिभ स्मिथले २० रन बनाए । बलिङमा पन्जाबका साम कुरान, मुजिब उर रहमान र अंकित राजपुतले दुई दुई विकेट लिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप