बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

टिआईएमा एनआरएन डेस्क स्थापना, गैरआवासीय नेपाली यात्रुलाई सहज हुने

बिहीबार, १४ चैत २०७५, १९ : ५०
बिहीबार, १४ चैत २०७५

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन र प्रस्थान कक्षमा गैरआवासीय नेपालीहरुका लागि छुट्टै डेक्स स्थापना भएको छ ।

उक्त डेस्कको उद्घाटन गर्दै एनआरएनका अध्यक्ष भवन भट्टले गैरआवासीय नेपाली यात्रुहरुलाई यो व्यवस्थाले थप सहजता प्रदान गर्ने बताए ।

साथै उनले गैर आवासीय नेपाली यात्रुहरुलाई सहज बनाउन डेस्क स्थापना गर्न सहयोग गरेकोमा विमानस्थल व्यवस्थापनलाई पनि धन्यवाद दिए । 

गैरआवासीय नेपालीहरुको संख्या दिनानु दिन बढ्दै गइरहेको अवस्थामा गैरआवासीय नेपाली संघले सरकारसँग बारम्बार डेस्क स्थापनाको लागि आग्रह गरे बमोजिम सरकारले डेक्स स्थापना गरेको हो ।

डेस्क स्थापनासँगै गैरआवासीय नेपालीहरुले खुशी व्यक्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप