शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

किसानलाई ५० प्रतिशतमा हाते ट्र्याक्टर वितरण

शुक्रबार, १५ चैत २०७५, ०९ : ०३
शुक्रबार, १५ चैत २०७५

पाल्पा - रिब्दीकोट गाउँपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई हाते ट्रयाक्टर वितरण गरेको छ । अनुदानमा हाते ट्रयाक्टर पाएपछि खेतबारी जोत्न गोरु पाल्नुपर्ने समस्या हटेकामा किसान खुशी बनेका छन् । 

गाउँपालिकाले खेतबारी जोत्दा किसानलाई समय र पैसाको बचत गरी उत्पादन बढाउने उद्देश्यका साथ गाउँपालिका क्षेत्रभित्र कृषि उत्पादन गर्ने किसानलाई आधुनिक कृषिऔजार वितरण गर्दै आएको छ । 


गाउँपालिकाको ६ लाख ३२ हजारको लगानीमा हाते ट्र्याक्टर खरिद गरिएको हो । गाउँपालिकाको ५० प्रतिशत अनुदान र किसानको ५० प्रतिशत नगदमा गाउँपालिका क्षेत्रभित्रका २५ किसानलाई हाते ट्र्याक्टर वितरण गरेपछि व्यावसायिक उत्पादनमा किसानको आकर्षण बढ्नेछ । गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले कृषिलाई व्यावसायिक र यान्त्रिकीकरण गरेर छिटोछरितो रुपमा काम सम्पन्न गर्न हाते ट्र्याक्टर सहयोगी हुने बताए । 

गाउँपालिका–१ ख्याहाका ५७ वर्षीय गिरीराज पाण्डेयले हाते ट्र्याक्टर अनुदानमा पाएपछि गाउँमा कसको गोठमा गोरु छन् भनेर खोज्नुपर्ने समस्या हटेको बताए । गोरुको खोजीमा खर्च गर्नुपर्ने समस्या हटेपछि अहिले पाण्डेय खुशी छन् । गाउँपालिकाका प्रशासकीय अधिकृत अनिल पौडेलले गाउँपालिकाले आधुनिक कृषि औजार अनुदानमा वितरण गरेपछि कृषि उत्पादन र किसानको आम्दानी वृद्धि हुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप