बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कुकिङ टिप्सः जसले तपाईंलाई बनाइदिन्छ आफ्नो घरको मास्टर शेफ

शुक्रबार, १५ चैत २०७५, १३ : ०६
शुक्रबार, १५ चैत २०७५

खाना खाँदा त्यतिबेला मज्जा आउँछ जब खाना स्वादिष्ट हुन्छ । खाना बनाउने बेला यसलाई स्वादिष्ट कसरी बनाउन सकिन्छ भनेर पूरा कोसिस गरिन्छ । तर यसो गर्दा पनि कहिलेकाँही तपाईंको खाना राम्रो बनिरहेको हुँदैन । यस्तो अवस्थामा डराउनुको साटो अपनाउनुस् यी विशेष टिप्सः

– यदि तपाईं कटहरको तरकारी बनाइराख्नु भएको छ भने पकाइसकेपछि यसमा थोरै कागतीको रस राख्नुहोस् । यसो गर्दा स्वाद बढ्छ ।

– सूजीको हलुवामा थोरै बेसन हाल्नुहोस्, हलुवा स्वादिष्ट बन्छ ।

– दुधलाई उमाल्ने बेला थोरै अलैंची पाउडर हाल्नुहोस् । हरेक पल्ट मिठो चिया बन्छ ।

– खीरमा गाढापन बढाउनका लागि खीरमा नरिवलको पाउडर हाल्नुहोस् । स्वाद र गाढापन दुबै बढ्छ ।

– इमलीको अचारमा थोरै भुटेको जिरा, धनियाँ र रातो खुर्सानी पाउडर हाल्नुहोस्, यसले स्वाद बढाउँछ ।

– यदि तरकारीबाट जलेको गन्ध आइरहेको छ भने पाउरोटीका केही टुक्रा हालेर ढाक्नुहोस् र केहीबेर पछि निकाल्नुहोस् । तपाईंको तरकारी केही हदसम्म ठिक हुन्छ ।

– यदि तपाईं पनिरको तरकारी बनाइराख्नुभएको छ भने पनिरलाई तेलमा तार्नुको साटो उमालेको पानीमा केही बेरसम्म राख्नुहोस् । पनिर नरम हुन्छ ।

– यदि काँचो अण्डा फुटेको छ भने पानीमा एक सानो चम्चा भिनेगर हाल्नुहोस् र अण्डा उमाल्नुहोस् । यस्तो गर्दा काँचो अण्डा बाहिर निस्कँदैन ।

– लसुनलाई छोडाउन समस्या भइरहेको छ भने यसलाई तातो ताउमा हालेर चलाउनुहोस् । त्यसपछि सेलाएपछि बोक्रा छोडाउनुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप