बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मिर्गौला तस्करी : काठमाडौँबाटै फिल्मी शैलीमा चोरियो मिर्गौला, तस्करलाई ११ वर्षको कैद सजाय

शुक्रबार, १५ चैत २०७५, १४ : ००
शुक्रबार, १५ चैत २०७५

जिल्ला अदालत काठमाडौँले मिर्गौला तस्करीमा संलग्न विकास भन्ने बिनुबहादुर तिमल्सिनालाई ११ वर्षको कैद सजाय सुनाएको छ ।

मङ्गलबार जिल्ला अदालत काठमाडौँले मिर्गौला तस्करीका अभियुक्त बिनुबहादुर तिमल्सिनालाई ११ वर्षको कैद सजाय सुनाउँदै पीडितलाई २ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको हो ।

यसअघि मिर्गौला तस्करीमा संलग्न भनी सरकारी वकिल कार्यालयबाट दायर भएको मुद्दामा अभियुक्तहरु प्रकाश बस्नेत र भीमप्रसाद न्यौपानेलाई भने जिल्ला अदालत काठमााडौँले सफाइ दिएको छ ।

२०७३ साल माघ २ गते दायर भएको मुद्दामा चैत १२ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश कृष्णप्रसाद पौडेलले अभियुक्त तिमल्सिनालाई दोषी ठहर गर्दै ११ वर्षको जेल सजाय र क्षतिपूर्ति भराउने फैसला सुनाएका हुन् ।

यस्तो छ मिर्गौला तस्करीको घटना विवरण :

गोरखा जिल्ला स्थायी घर भई चितवन जिल्ला भरतपुर उपमहानगरपालिका वडा नं. २० बस्ने १९ वर्षीय दीपक नेपालीको आर्थिक अवस्था कमजोर भएका कारण पोखरामा घर बनाउने ठाउ“मा मजदुरको काम गर्ने गर्दथे ।

पोखरामा ज्यामी काम गर्दैगर्दा उनको भेट पोखरा घर बताउने अमृत गुरुङसँग हुन्छ ।

उनै अमृत गुरुङले खाने, बस्ने र मासिक १० हजार तलब पनि पाउने काम काठमाडौँमा छ भन्दै दीपकलाई काठमाडौँ ल्याउँछन् ।

अमृतले २०७३ साल साउन ९ गते दीपकलाई काठमाडौँ ल्याई बिनुबहादुर तिमल्सिनाको जिम्मा लगाए ।

बिनुबहादुर तिमल्सिनाले दीपकलाई काठमाडौँको एक होटलमा राखे ।

होटलमा बस्ने क्रममा दीपकलाई सामान्य ज्वरो आएको थियो । टाउको पनि केही दुखेको थियो । त्यही मौका पारेर बिनुले दीपकलाई औषधि भन्दै एउटा सेतो चक्की खान दिन्छन् ।

त्यसपछि दीपक बेहोस् हुन्छन् । होसमा आउँदा दीपकले आफूलाई भारतको कुनै अस्पतालमा घाइते अवस्थामा पाउँछन् । मलाई के भएको हो भनेर सोध्दा बिनुले ‘गुण्डाले छुरी हानेकाले उपचारका लागि भारत ल्याएको’ बताउँछन् ।

फिल्मको कुनै काल्पनिक दृश्यजस्तो लाग्ने यो वास्तवमा सत्य घटना हो । त्यो पनि मात्र दुई वर्ष अगाडिको ।

भर्खरकै जवानीमा आफ्नो मिर्गौला गुमाउनुपरेको पीडा दीपकलाई कति दुखेको होला । त्यो पनि कसैले छलछाम गरेर चोरिएको आफ्नो अङ्ग ।

यद्यपि यतिबेला दीपकले राहतको केही स्वास भने फेरेका छन् । किनभने अभियुक्तमध्येका एकलाई भने ११ वर्षको कैद सजाय सुनाउँदै दीपकलाई क्षतिपूर्ति भराउने फैसला पनि सुनाइएको छ ।

दिल्लीबाट काठमाडौँ यात्रा
भारतकै एक अस्पतालमा दुई महिना बिताएपछि एक दिन एक जना अपरिचित भारतीय नागरिकले दीपकलाई काठमाडौँ आउने बस चढाइदिन्छन् । अर्को दिन दीपक काठमाडौँको कलङ्की आइपुग्छन् ।

कलङ्कीमा दीपकको भेट बिनुसँग हुन्छ । बिनुले दीपकको घाउको खत हेर्दै गुण्डाले छुरी हानेको घाउ ठीक भएछ, अब घर फर्क भनी २८ हजार रुपैयाँ दिन्छन् । दीपक २८ हजार रुपैयाँ बोकेर घर जान्छन् ।

जब चेकजाँच गरियो...
दीपक घर त पुगे तर स्वास्थ्य अवस्था त्यति राम्रो भएन । कहिले घाउ भएको स्थानमा दुख्ने त कहिले टाउको र पेट दुखिरहने भयो । स्वास्थ्यमा बारम्बार समस्या आएपछि दीपकका दाजुले उनलाई २०७३ पुस १ गते चितवनको पुरानो मेडिकलमा लगि स्वास्थ्य जाँच गराउँछन् । स्वास्थ्य जाँच गर्ने क्रममा थाहा हुन्छ, दीपकको दायाँ पट्टिको मिर्गौला नै रहेनछ । दीपकको एउटा मिर्गौला त भारतमा पुराएर चोरिएको रहेछ ।

प्रहरीमा जाहेरी
जब दीपकको एउटा मिर्गौला नै नभएको थाहा भएपछि दीपकका परिवारले सोधे कि यो सब कसरी भयो ? दीपकले सबै घटना विवरण दाजुलाई बताए ।

यो घटनामा बिनुबहादुर तिमल्सिना, प्रकाश बस्नेत, अमृत गुरुङ, नारायण नेपाली, भीमप्रसाद न्यौपाने समेतको संलग्नता रहेको भन्दै दीपक र उनको परिवारले काठमाडौँ प्रहरीमा जाहेरी दिए । झुक्याएर मानव अङ्गको तस्करी गरेको भन्दै उनीहरुविरुद्ध मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ को कानुनबमोजिम कारबाही गर्न र अन्य संलग्न प्रतिवादीहरूलाई पक्राउ गरी सजाय गरिपाऊँ भनी २०७३ साल पुस ८ गते प्रहरीमा जाहेरी दिए ।

प्रहरीले यस घटनामा संलग्नहरु, घटना विवरण आदि सबै बुझाएपछि जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ को दफा ३ (१) विपरीत प्रतिवादीहरूले पीडित दीपक नेपालीलाई घरबाट झुक्याई काठमाडौँ ल्याई बेहोस् बनाई भारत लगी शरीरको अङ्ग झिकी बिक्री गरेको हु“दा निजलाई मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ को परिच्छेद २ को दफा ३ र ४ (१) (ग) बमोजिम कसुर गरेको हु“दा ऐ.को दफा १५ (१) (ग) बमोजिम सजाय गरी ऐ. को दफा १७ बमोजिम पीडितलाई क्षतिपूर्ति भराइदिन माग गर्यो । साथै प्रतिवादीमध्येका बिनुबहादुर तिमल्सिनाले यसभन्दा अगाडि पनि वादी नेपाल सरकार र प्रतिवादी लक्ष्मीप्रसाद श्रेष्ठसमेत भएको मुद्दामा पनि सजाय पाएको हु“दा निजको हकमा ऐ. को दफा १५ (५) बमोजिम थप सजाय हुन मुद्दा दायर गरियो ।

प्रतिवादीहरूले पीडितको अङ्ग खरिद बिक्री गर्ने प्रयोजनका लागि अङ्ग प्रत्यारोपणसम्बन्धी क्रियाकलापमा समेत संलग्न भई मानव शरीरको अङ्ग प्रत्यारोपण नियमित र निषेध ऐन, २०५५ को दफा १३ समेतको व्यवस्था विपरीत ऐ. को दफा २३ बमोजिम कसुर अपराधसमेत गरेको हु“दा निज प्रतिवादीहरू विकास भन्ने बिनुबहादुर तिमल्सिना, भीमप्रसाद न्यौपाने, प्रकाश बस्नेतलाई ऐ. को दफा २४(१) बमोजिम सजाय हुन अभियोग माग दाबी २०७३ माघ २ गते काठमाडौँ जिल्ला अदालतमा दायर भयो ।

दुई वर्षभन्दा लामो समय बितिसकेको उक्त मुद्दामा चैत १२ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कृष्णप्रसाद पौडेलले अभियोग माग दाबी ठहर गर्दै मुख्य आरोपी विकास भन्ने बिनुबहादुर तिमिल्सिनालाई ११ वर्ष कैद र पीडितलाई २ लाख ५० हजार क्षतिपूर्ति तथा अन्य दुई जना अभियुक्त प्रकाश बस्नेत र भीमप्रसाद न्यौपानेलाई सफाइ हुनेगरी पैmसला भयो । तर अन्य अभियुक्त भने पक्राउ नपरेकाले उनीहरुविरुद्धको मुद्दा मुल्तबीमै राखियो ।

काभ्रेमा मात्रै छैन मिर्गौला तस्करीको जालो

नेपालमा मिर्गोला तस्करीको कुरा आउने बित्तिकै धेरैले काभ्रेको होक्सेलाई लिन्छन् । तर मिर्गौला तस्करीको जालो काभ्रेमा मात्रै नरहेको यस घटनाले पुष्टि गर्छ ।
जब सरकार, प्रशासन र गैरसरकारी संस्थाहरु काभ्रेमा केन्द्रित भए, तस्करहरु अन्य जिल्लाहरुमा सल्बलाउन थालेका छन् । मिर्गौला तस्करीको शृङ्खला अहिले पनि नरोकिएको यो घटनाले पुष्टि गर्छ ।

नेपालमा मिर्गौला बेचविखन डरलाग्दो रूपमा बढ्दै गएको, मानिसलाई गलत सूचना दिई झुक्याई केही पैसाको लोभ देखाई थाहा नदिई मिर्गौला झिकी बिक्री गर्ने गरिएको देखिन्छ । सङ्गठित रूपमा योजनाबद्ध ढङ्गले गरिएको मिर्गौला तस्करीको यो घटनामा जिल्ला अदालत काठमाडौँले फैसला सुनाउँदै दोषीलाई ११ वर्षको कैद सजाय सुनाएको छ ।

पीडित दीपकलाई सुरुदेखि कानुनी सहायता प्रदान गर्दै आएको संस्था पीपीआर नेपालका कार्यक्रम निर्देशक शतिस शर्मा भने अन्य अभियुक्तलाई सफाइ दिइएकामा असन्तुष्ट छन् । दीपकलाई फकाएर काठमाडौँ ल्याउनेदेखि गाउँ गाउँ पुगेर मान्छे बटुल्ने केही तस्कर फरार रहेको र केही अभियुक्तले सफाइ पाएको भन्दै यसले मिर्गौला तस्करलाई हौसला बढेको दाबी गर्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप