मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल पत्रकार महासंघ कैलालीद्वारा बेसहारा महिलालाई खाद्यान्न सामाग्री सहयोग

शनिबार, १६ चैत २०७५, १० : ५८
शनिबार, १६ चैत २०७५

कैलाली– नेपाल पत्रकार महासंघ कैलाली शाखाले बेसाहारा २० जना महिलालाई १० हजार बराबरको खाद्यान्न सामाग्री सहयोग गरेको छ ।

नेपाल पत्रकार महासंघको ६४औं स्थापना दिवसको अवसर पारी आज कैलाली शाखाले दृष्टि फाउन्डेसन नेपालमा रहेका सो २० जना बेसहारा महिलाहरुलाई १० हजार बराबरको खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको हो । 

हस्तान्तरण कार्यक्रममा फाउण्डेसनका अध्यक्ष कल्पना भट्टले सामाग्री लिँदै पत्रकार महासंघ कैलालीलाई धन्यवाद दिएकी छन् । उनले आर्थिक अवस्था कमजोरका कारण हामीलाई अप्थ्यारो परिरहेको बेला महासंघले गरेको सहयोगले आफु निकै खुशी भएको बताइन् । 

प्रदेश सरकारले सहयोग गर्न अनाकानी गरिरहेको बेला भट्टले भनिन्, आफ्नो स्थापना दिवसमा महासंघले स्वस्फुर्त रुपमा सहयोग गर्नुले निकै नै हर्षित तुल्याएको बताइन् । 

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम पूर्व संयोजक मनमोहन स्वाँरले महासंघको स्थापना दिवसमा बेसहारा महिलालाई सहयोग गर्न पाउदा आफु निकै नै खुशी भएको बताए । 

हस्तान्तरण कार्यक्रमा कैलाली शाखा अध्यक्ष जगत साउद, उपाध्यक्ष टंक कुँवर, कोषाध्यक्ष हिमाल जोशी, सहसचिव श्रवण देउवा, युग अस्त्र दैनिकका प्रकाशक सम्पादक विरेन्द्र रावल लगायत पत्रकारको टोलीले उक्त खाद्यान्न सामाग्री दृष्टि फाउण्डेसनलाई सहयोग गरेको हो ।

फाउण्डेसनले सुदूरपश्चिम प्रदेशमा रहेका बेसाहारा र सडकमा अलपत्र परेका महिलाहरुको उद्धार गर्दै आएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप