केन्द्रीय संस्करण

प्लास्टिकको प्रयोग र असर

person explore access_timeचैत १७, २०७५ chat_bubble_outline0

विश्वमा प्लास्टिकको प्रयोग सन् १९५० पछि भएको पाइन्छ । हाल प्रयोगमा ल्याइने प्लास्टिक झोलाको आविष्कार भने स्विडिस इन्जिनियरले सन् १९६० को दशका गरेका हुन् भनिन्छ । प्लास्टिक झोला सामान जम्मा गर्न ओसार पसार गर्न, प्याकिङ गर्नका लागि पातलो लचिलो प्लास्टिक पत्रद्वारा तयार पारिन्छ । जुन पोलिइथाइलिन लिनियर लो डेन्सिटी पोलिइथाइल र लो डेन्सिटी पोलिइथाइलबाट तयार पारिन्छ ।

यसको कच्चा पदार्थ भनेको अप्रशोधित तेल र प्राकृतिक ग्याँसको समिश्रण हो । अप्रशोधित तेलको आठ प्रतिशत भाग त प्लास्टिक उत्पादनमा खर्च हुन थालेको भनिन्छ । आजको विश्वलाई प्लास्टिकबाट प्रभावित विश्व भन्न सकिन्छ । विगत १० वर्षमा प्रयोग गरिएको प्लास्टिकको मात्रा भएको एक शताब्दीमा प्रयोग गरिएको प्लास्टिकभन्दा बढी छ । प्रयोग गर्ने झोलाहरु ४० माइक्रोनभन्दा कम भएमा त्यसले स्वास्थ्यमा नकारात्मक असर पुर्याउने गर्छ ।

हामीले प्रयोग गर्ने प्लास्टिक झोलामा करिब ५० प्रतिशत झोला एक पटक मात्रै प्रयोग गरेर फाल्ने गर्दछौँ । यदि विश्वमा फालिएका प्लास्टिकबाट डोरी तयार गर्ने हो भने पृथ्वीलाई चार पटक बेर्ने डोरी एक वर्षमा हुन्छ भनी अनुसन्धानकर्ताहरुले बताएका छन् । हामीले फाल्ने फोहोरमैलामा १० प्रतिशत प्लास्टिक फोहोरले ओगट्ने गरेको छ । प्लास्टिक सड्न पाँच सयदेखि एक हजार वर्षसम्म लाग्ने अनुमान गरिन्छ । विश्वव्यापी रूपमा समस्या उत्पन्न गराएको प्लास्टिकको समस्या नेपालको सहरी तथा ग्रामीण क्षेत्रमा देखिन थालेको छ । हाम्रो वरिपरि सडक, सहर, गल्ली, पेटी, खोलानालादेखि सगरमाथाको चुचुरोसम्म प्लास्टिकले प्रदूषण बढाइरहेको छ । यसले प्राकृतिक सौन्दर्यलाई कुरूप बनाउनका साथै जलथल चर पर्यावरा बोट बिरुवा र मानव स्वास्थ्यमा समेत गम्भीर असर पु¥याउन थालेको  छ ।

प्लास्टिकबाट पर्ने असरहरुः
प्लास्टिक पानीमा फाल्ने जमिनमा यत्र तत्र फैलिने भएकाले जीवजन्तु ह्वेल, कछुवा आदिदेखि पृथ्वीमा रहेका घरपालुवा एवं जङ्गली जनावर, पशुपक्षीले प्लास्टिक टुक्रा खाएर गम्भीर समस्या उत्पन्न हुने वा मृत्यु हुने गरेकाले जीवहरुको खाद्य चक्रमा समस्या देखिन थालेको छ । कतिपय जनावर त लोप हुने अवस्थामा पुगेको पाइन्छ ।

जमिन रहेको प्लास्टिक सयौँ वर्षसम्म नकुहिने हुँदा जमिनको उर्वरा शक्ति घट्ने, बोटविरुवाको जरा माटोमा पौस्टिक तत्व जान नसक्दा उत्पादन घट्छ । पानीमा प्लास्टिक बग्दै जाँदा पानी दूषित हुने पानीमा रहेको जनावरले खाने हावामा रहेका मसिना टुक्रा उड्ने ठाउँबाट अर्को ठाउँमा पुग्नाले नराम्रो देखिने यसको असरले श्वासप्रश्वासमा समस्या उत्पन्न हुने केटाकेटी तथा बुढाबुढी  निस्सासिने पूरा अक्सिजन लिन नसक्ने अवस्था पैदा हुन्छ ।

हामीले प्रयोग गर्ने प्लास्टिकका झोला ४० माइक्रोनभन्दा कम भएका पातलो भएमा समस्या उत्पन्न गराउँछ । हावा दुषित गराउने अर्को कारण हो प्लास्टिक बाल्नु । सहर, बजार, गाउँघर वा कतिपय डम्पिङ साइडमा पनि फोहोरमैलासँग मिसाएर प्लास्टिक बालेको देखिन्छ । प्लास्टिक बाल्दा डाइअक्सिजन नामक विषालु रासायनिक ग्याँस निस्कन्छ । जुन हाम्रो शरीरमा प्रवेश गरेमा हाम्रो शरीरमा रहेको प्रणालीमा असर गरी हार्मोन उत्पादनमा असर गर्छ । साथै शरीरको रोग प्रतिरोध क्षमता घट्ने, प्रजनन प्रणालीमा नकारात्मक असर पर्ने, शरीरको विभिन्न भागमा क्यान्सर हुने सम्भावना भनिन्छ । बलेको प्लास्टिकले धुवाँ आइरहेको प्लास्टिकबाट स्वास्थ्यमा बढी नराम्रो असर पुग्छ ।

प्लास्टिकका कारण जनावर चराचुरुङ्गी बोट बिरुवामा असर पर्ने भएकाले पर्यावरण प्रणालीमा समस्या उत्पन्न हुँदै गएको पर्यावरणविद्को आँकलन छ । समग्रमा प्लास्टिक प्रदूषणले पृथ्वी, वायु, आकाश, पानी, मानव स्वास्थ्य, पशुपक्षी, बोट बिरुवा सबैमा नकारात्मक असर पुर्याएको पाइन्छ ।

प्लास्टिक प्रदूषण कसरी कम गर्ने ?
प्लास्टिक प्रदूषण कम गर्ने मुख्य तीन उपाय छन् । जसलाई तीन आर भनिन्छ, रिडक्सन, रियुज, रिसाइकल । प्लास्टिक झोलाको प्रयोग कम गर्ने, बजारमा सामान किन्न जाँदा घरबाट नै कपडा, जुट आदिको झोला लिएर जाने गरेमा सामानहरु प्याकिङ गर्दा पेपर व्याग वा अन्य कुहिने पदार्थबाट निर्माण भएका सामग्रीबाट बनेको प्याकेटमा प्याकिङ गर्नुपर्छ । प्लास्टिक झोला कम गर्ने अर्को तरिका खाना घरमा नै बनाएको खानु हो । ससाना धेरै प्लास्टिकका झोलाभन्दा कागजका झोला बनाएर सामान लिने दिने गर्नुपर्छ । प्लास्टिक प्रयोग गर्नैपर्ने भएमा पानीका बोतल प्लास्टिक बट्टा झोला पटक पटक प्रयोग गर्न मिल्ने गरी बनाइनुपर्छ । जसले गर्दा मानव शक्ति श्रम र पैसा बचाउनका साथै प्लास्टिकजन्य फोहोरको मात्रा घटाउन सकिन्छ ।

दूध, दही मासुजन्य र अन्य सामग्रीका लागि प्लास्टिक प्रयोग गर्नुपर्ने भएमा ४० माइक्रोन भन्दा माथि बाक्लो, पुनः उत्पादन गर्न मिल्ने अर्थात् जम्मा गरी राखी उत्पादक कम्पनीलाई बेच्न सकिने प्लास्टिक सामग्रीहरुको प्रयोग गरिनु पर्छ । यसबाट स्वास्थ्यमा कम हानि पुग्नका साथै वातावरणमा कमी ल्याउन सकिन्छ । 

यसका साथै प्लास्टिक उत्पादक कम्पनीले स्वास्थ्यलाई हानि पुर्याउने पदार्थ उत्पादन गरेमा बन्द गर्ने, सरकारी कर बढी लगाउने, प्लास्टिक उत्पादक तथा बिक्रेतालाई चेतनामूलक शिक्षा प्रदान गर्ने नगरपालिका, स्वास्थ्यसँग सम्बन्धित सङ्घसंस्था, सरसफाइसँग सम्बन्धित निकायहरुले प्रतिबन्ध गरिएको प्लास्टिकजन्य पदार्थ उत्पादन बिक्री वितरण गरेमा वा उपभोक्तले लिएर हिँडेको देखिएमा कारबाहीको दायरामा ल्याउनुपर्छ ।

साथै घरेलु उद्योगको रूपमा आमा समूहहरुलाई कपडा जुट कागजका झोला उत्पादनमा सहयोग गरिनुपर्दछ । प्लास्टिकजन्य पदार्थ, झोला आदिले स्वास्थ्यमा पार्ने नकारात्मक असरलाई ध्यानमा राखी बङ्गलादेशमा प्लास्टिक झोला सन् २००८ देखि प्रतिबन्ध गरी जुटका झोला उत्पादनमा प्रोत्साहन गरिएको छ । त्यस्तै फ्रान्समा २०२० सम्मका प्लास्टिक चम्चा, काँटा चम्चा जस्ता वस्तुहरुको प्रयोग हटाइसकिने नीति तय भएको छ । नेपालमा पनि विभिन्न सहरी क्षेत्रमा प्लास्टिक प्रयोग गर्न निषेध गरिएको स्थानीय तहबाट घोषणा गरिएपनि हाम्रा अधिकांश शहरका चोक गल्ली टोल राजमार्गका होटल एवं पर्यटकीय क्षेत्रहरु प्लास्टिकजन्य सामग्रीहरुको भण्डारण स्थल भएको पाइन्छ । नेपालको पर्यटकीय क्षेत्रमा वि.सं. २०७३ साल कात्तिक २४ गतेबाट प्लास्टिक झोला र गिलास निषेधित क्षेत्र घोषणा गरिनुलाई सकारात्मक सङ्केत मान्न सकिएला । सबैजना सचेत भई यस्ता महत्त्वपूर्ण कार्यलाई व्यवहारामा सफल पार्नु आवश्यक छ । यो कार्य वातावरणीय र मानव स्वास्थ्यको दृष्टिकोणले पनि अत्यन्त महत्त्वपूर्ण मान्न सकिन्छ । अन्य ठाउँमा पनि यस्तो कार्य गर्नु आवश्यक देखिन्छ ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...