बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायत भ्रमणमा गएका नेपालीको निधन, क्षेत्री समाज बेलायतद्वारा मृतकको परिवारलाई आर्थिक सहयोग

आइतबार, १७ चैत २०७५, १६ : २७
आइतबार, १७ चैत २०७५

काठमाडौं– क्षेत्री समाज बेलायतले डाटफोर्ड, केन्ट निवासी पवित्र विक्रम वस्नेतको परिवारलाई आर्थिक सहयोग गरेको छ । 

बेलायतकाे पारिवारिक भ्रमणका क्रममा पवित्रका बुबा प्रकाश विक्रमको हृदयघातका कारण निधन भएसँगै आर्थिक समस्या देखिएकाले समाजले १ हजार ३९१ पाउण्ड (नेरु करीब २ लाख) संकलन गरेर हस्तान्तरण गरेको हो । 

हृदयघात भएका प्रकाशको आईसीयुमा उपचारकै क्रममा २१ दिनपछि गत मार्च १५ तारिकका दिन मृत्यु भएको थियो  । 

उनको मेडिकल इन्सुरेन्स नभएको तर अस्पतालको महंगो खर्च भुक्तानी गर्नु पर्ने भएकोमा  क्षेत्री समाजले आर्थिक संकलनको पहल थालेको थियो । 

जसअनुसार समाजका उपाध्यक्ष तथा आपत्कालीन राहत कोषका संयोजक यज्ञ क्षेत्रीको संयोजनमा परिवारमा पर्न गएको पीडासँगै समस्यामा मह्लमपट्टी लगाउने उद्देश्यले संकलन गरिएको रकम अध्यक्ष राजन क्षेत्रीले उनकै निवासमा पुगेर हस्तान्तरण गरेका हुन् । 

 सो अवसरमा सल्लाहकार धन क्षेत्री, महासचिब कुमार केसी, कोषाध्यक्ष महेन्द्र केसी, यम भण्डारी, दीपक थापा, सुनिता गौतम, रमेश बास्तोला लगायतको उपस्थिति रहेको बेलायतबाट समाजसेवी रामशरण सिंखडाले रातोपाटीलाई जानकारी गराए । बेलायत बस्दै आएका पवित्र विक्रमको बोलावटमा प्रकाश त्यहाँ पुगेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप