शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हिरासतमुक्त भएपछि जिल्ला नेताले छाडे विप्लवको पार्टी

आइतबार, १७ चैत २०७५, २० : ५१
आइतबार, १७ चैत २०७५

केहि दिनअघि पक्राउ परेका विप्लव नेतृत्वका  पश्चिम नवलपरासीका जिल्ला नेता तथा वर्दघाट नगर कमिटी इन्चार्ज गणेश ढकाल हिरासत मुक्त भएका छन् ।

उनी फागुन २१ गते नवलपरासी प्रहरीद्वारा पक्राउ परी अदालतमा मुद्दा दर्ता भई  हिरासतमा थिए ।

पश्चिम नवलपरासीका जिल्ला प्रहरी प्रवक्ता डिएसी वीरेन्द्र थापाका अनुसार ढकाललाई अदालतले नियम अनुसारको धरौटी  अशुल गराई  आइतबार अपरान्ह रिहा गर्ने आदेश दिएको हो ।

हिरासतमुुक्त भएपछि नेता ढकाल स्वयमले एक विज्ञप्ती मार्फत आजको मितिदेखि विप्लव नेतृत्वको पार्टी परित्याग गर्ने घोषणा  समेत गरेका छन ।

ढकालले जारी गरेको प्रेस विज्ञप्तीमा विप्लव समहको कुनै पनि जिम्मेवारी र हैसियतमा नरहने र उक्त समुह परित्याग गरेको उल्लेख रहेको डिएसपी थापाले बताए   । 

उनी सोही नगरपालिका वडा नम्वर ४ का वासिन्दा हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप