बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बारा विनाश : आँधी तुफानले क्षणभरमै यसरी बनायो खण्डहर

सोमबार, १८ चैत २०७५, १३ : १३
सोमबार, १८ चैत २०७५

जनकपुर– आइतबार बेलुका पर्साको वीरगन्जबाट बारा जाँदै थिए, भरवलियाका ओमप्रकाश गिरी । 

सोही क्रममा पर्सौनी चोकमा आइपुग्दा हावाहुरी तीव्र गतिमा चल्न थाल्यो । तीव्र गतिमा हावाहुरी चलेपछि उनले आफ्नो मोटरसाइकल सडकछेउको मोबाइल पसल अगाडि रोके । बेलुका ७ बजेबाट चल्न सुरु भएको हावाहुरी करिब २५ मिनेटपछि आँधीतुफानको रूप लिइसकेको थियो ।  

करिब ८ बजे हावाहुरी रोकिएपछि गिरी भरवलीयास्थित घर पुग्दा गाउँ र घरको मुहार पूरै विग्रिसकेको थियो । 

गाउँमा अधिकांश घरपरिवार रातको खानाको तयारी, बालबालिकाहरु पढ्ने तयारीमा थिए भने कार्यालय सकेर घर फर्किनेहरु थकित मुद्रामा घर जाँदै थिए । तर एक्कासि आएको आँधी तुफानले बद्लिएको गाउँमा पुग्दा अधिकांश घरपरिवार घरबारविहीन भइसकेका थिए ।

फेटा गाउँपालिका वडानम्बर १, २, ३, ६ लगायतका भरवलिया, पुरेनिया, भुलुवाही टोल र कलैयामा पनि अधिकांश कच्ची तथा पक्की घरहरु समेत आँधी तुफानको शिकार भएका छन् । 

फेका गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष जयप्रकाश दासका अनुसार करिब ६ सय मानिस घरबारविहीन छन् । धनजनको व्यापक क्षति भएकाले सोमबार बिहानसम्म पनि जनधनको यकिन विवरण आउन सकेको छैन । सोमबार दिउँसोसम्म पनि घट्नास्थल पुग्दा स्थानीयहरु त्रसित मुद्रामा देखिन्थे । 

घरबारविहीन भएकाहरु आइतबार रातिदेखि सोमबार दिउँसोसम्म पनि भोकै बस्न बाध्य भएका छन् । उनीहरू सडकमै जम्मा भएर गुहार मागिरहेका छन् । 

गाउँमा हावाहुरीले दर्जनौँ विद्युतीय पोल ढलेका छन् भने यस क्षेत्रका दर्जन गाउँहरु विद्युत प्रयोग गर्नबाट वञ्चित बनेका छन् ।

सोमबार दिउँसोबाट फेका गाउँपालिकाले चिकित्सकहरुको टोली र स्वास्थ्य सामग्रीहरु पठाउनुका साथै खानाका लागि च्युरा, दालमोटलगायतका राहत वितरण गरेको छ । 

आइतबार बेलुकी आएको आँधी तुफानले दर्जनौँ चौपाया, दर्जनभन्दा बढी मानवीय क्षति, ४ सय भन्दा बढी मानिस घाइते र खाद्यन्नको समेत ठूलो नोक्सानी भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

घाइतेको उपचार तथा मृतकको सनाखत
आँधी तुफानबाट घाइते भएका २ सय ८२ जनाको बारा र पर्सा जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते भएका ६ जनालाई नेपाली सेनाको स्काई ट्रक विमानबाट काठमाडौँ लगिएको छ । 
घाइतेहरुको काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार हुँदै छ । त्यस्तै १ सय १६ जनाको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार भइरहेको छ भने नेसनल मेडिकल कलेज, वीरगन्जमा १ सय जनाको उपचार भइरहेको छ । 

वीरगन्ज हेल्थ केयरमा ३८ जनाको उपचार,  वीरगन्जमा २८ जना गरी २ सय ८२ जनाको उपचार भइरहेको छ ।

उद्धार, उपचार र तथ्याङ्क सङ्कलनमा तीव्रता
बारामा आएको आँधी तुफान र असिना पानीको कारणले घर र इँट्टाको पक्की घरसमेत भत्किँदा ठूलो जनधनको क्षति भएको छ । घटनामा मृत्यु भएकाहरुको खोजी, घाइतेको उद्धार, उपचार, तथ्याङ्क सङ्कलन तथा रहातका लागि नेपाली सेना, जनपथ प्रहरी र सशस्त्र प्रहरीको टालीले घटनास्थलमा लागिपरेका छन् ।

आँधी तुफानबाट भएको घटनामा अहिलेसम्म २३ जनाको सनाखत भएको भइसकेको छ । वीरगन्जस्थित नारायणी शिक्षण अस्पतालमा उपचारको क्रममा वीरगन्ज वडा नम्बर १८ बस्ने १८ वर्षीय सरोज रामको मृत्यु भएको अस्पतालले जनाएको छ ।

सम्बन्धित समाचारहरुः

अपडेटः बारामा भीषण आँधी–हुरी, ३० जनाको मृत्यु, ४०० भन्दा बढी घाइते​

जनकपुरबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा आकस्मिक अवतरण​

बारा र पर्सामा भीषण आँधी हुरीको वितण्डापछि जे देखियो (फोटोफिचर)

उद्धारमा गम्भीर हुन र घाइतेहरुको उपचारमा कुनै कमी हुन नदिन प्रधानमन्त्री ओलीको निर्देशन​

प्रदेश २ को आकस्मिक बैठक, राहत र स्वास्थ्य शिविर टोली सहित मुख्यमन्त्री घटनास्थल जाँदै

हावाहुरीमा ज्यान गुमाएकाका परिवारलाई प्रदेश सरकारले ३ लाख दिने​

हावाहुरीमा घाइतेको उपचारको लागि रगत अभाव, नेपाली सेना र प्रहरी जवानले रक्तदान गर्न थाले​

बारा–पर्साका पीडितलाई उद्धार र राहत प्रदान गर्न पौडेलको माग​

गृह जिल्लाका सबै कार्यक्रम स्थगित गरेर प्रधानमन्त्री बारा जाँदै

काँग्रेस सभापति देउवाद्वारा कार्यकर्तालाई राहत र उद्दारमा खटिन निर्देशन

उद्धार तथा राहतमा कुनै कमि हुन नदिन गृहमन्त्रीको निर्देशन

हावाहुरीबाट प्रभावितलाई सहयोग गर्न राप्रपाको आव्हान

हावाहुरीबाट घरबारबिहिनलाई उचित क्षतिपूर्ति र घाइतेको निःशुल्क उपचार गर्न अध्यक्ष प्रचण्डको माग

हावाहुरीबाट मर्नेको संख्या २७ पुग्यो, ३४३ जना उपचारपछि घर फर्किए : प्रम

हावाहुरीबाट मृत्यु हुनेको संख्या २७ पुग्यो, यसरी हुँदैछ उद्धार

बारा घटनामा घाइते ७ जनालाई काठमाडौं ल्याइयो

बारा र पर्साका घाइतेहरुको उपचारमा काठमाडौबाट थप जनशक्ति जाँदै

राहत र उद्धारलाई प्रभावकारी बनाउन सरकारलाई सभामुखको आग्रह​

बारा–पर्सामा हवाहुरीको वितण्डा : ज्यान गुमाउनेमध्ये २४ जनाको सनाखत (सूचीसहित)​

भीषण हावाहुरीको कहर, स्तब्ध बनाउने १२ तस्बिर

विप्लव समूहले बारा घटनामा निकाल्यो यस्तो विज्ञप्ति​

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप