शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भीषण हावाहुरीको कहर, स्तब्ध बनाउने १२ तस्बिर

सोमबार, १८ चैत २०७५, १३ : ३४
सोमबार, १८ चैत २०७५

वीरगन्ज–सरकारले बारा र पर्साको विभिन्न स्थानमा हुरी बतासमा परी मृत्यु हुनेहरुको संख्या २७ जना पुगेको पुष्टि गरेको छ । 

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सोमबार १२ बजे बारा र पर्साको विभिन्न स्थानमा हुरी र बतासमा परी ज्यान जानेहरुको संख्या २७ जना पुगेको पुष्टि भएको जानकारी दिए । 

उनका अनुसार हावाहुरीबाट २६ जना र पर्सामा १ जना गरी २७ जनाको ज्यान गएको हो । 

हावाहुरीबाट बाराको फेटा गाउँपालिकास्थित पुरेनियामा सबैभन्दा बढी क्षति पुगेको छ । 

अहिले स्थानीय प्रशासनले घटनामा कति धनजनको क्षति भएको हो ? त्यसको विवरण संकलन गर्ने कार्य सुरु गरेको छ । 

फेटा गाउँपालिकास्थित पुरेनिया पुगेर रातोपाटीका वीरगन्ज प्रतिनिधि अमित अग्रवालले खिचेका तस्बिर हेर्नुहोस्ः

याे पनि.....

बारा विनाश : आँधी तुफानले क्षणभरमै यसरी बनायो खण्डहर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमित अग्रवाल
अमित अग्रवाल

 अग्रवाल रातोपाटीका पर्सा जिल्ला प्रतिनिधि हुन् ।

लेखकबाट थप