शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ह्वावे पी ३० सिरिजको प्रि–बुकिङ सुरु, कमालको विशेषता सहित बजारमा

सोमबार, १८ चैत २०७५, १९ : ०६
सोमबार, १८ चैत २०७५

काठमाडौं– ह्वावेले पी ३०  सिरिज नेपालभरि प्रि–बुकिङको लागि उपलब्ध गराएको छ । नेपाली बजारमा ह्वावे पी ३०प्रो को मूल्य १ लाख १९ हजार ९सय रहेको छ । ह्वावे पी ३० को मूल्य ८४ हजार ९ सय र ह्वावे पी ३० लाईट को मूल्य ३९ हजार ९ सय रहेको छ । 

फ्रान्सको प्यारिस कन्भेन्सन सेन्टरमा आयोजित एउटा भव्य समारोहका माझ ह्वावेको कन्ज्युमर बिजनेस ग्रुप बीजीले ह्वावे पी ३०, ह्वावे पी ३० प्रो र पी ३० लाईट विश्वव्यापीरुपमा सार्वजनिक गरेको थियो ।

ह्वावे पी ३० सिरिजमा फोटोग्राफी र डिजाइनमा ह्वावे पी सिरिज डिएनएमा आधारित रही निर्माण गरिएको छ र कम्पनीकै सबैभन्दा अत्याधुनिक सिरिजको स्मार्ट फोन क्यामरा जडान गरिएको छ । 

प्रि–बुक गर्ने ग्राहकको लागि विशेष उपहारको पनि व्यवस्था गरेको ह्वावे ले जनाएको छ । चैत्र १७ गतेदेखि खुलेको प्रि–बुकिङ चैत्र २७ गतेसम्म उपलब्ध रहनेछ ।

पी ३० सिरिज्को खरिदका लागि नबिल बैंक, माछापुच्छ्रे बैंक, मेगा बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, ग्लोबल आई.एम.ई. बैंक, सेञ्चुरी बैंक, एनआईसी एशिया बैंक, एनएमबी बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकहरुबाट शुन्य प्रतिशत ब्याजदरमा ईएमआई सुविधा पनि उपलब्ध छ । 

ह्वावे कन्जुमर बीजीका प्रमुख कार्यकारी अधिकृत रिचर्ड यू भन्छन्, ‘डिजिटल क्यामराको प्राविधिक विकासका क्रममा ह्वावे पी ३० सिरिज महत्वपूर्ण उपलब्धि हो । यसले मोबाइल फोटोग्राफीप्रतिको परिभाषा नै परिवर्तन गर्दछ र सबैको धारणामा परिवर्तन ल्याउँछ ।”

प्रोफेसनल–ग्रेड तस्वीर 

ह्वावेको पी ३० सिरिजले प्रयोगकर्ताहरूको स्मार्टफोन फोटोग्राफीप्रतिकोे अपेक्षामा नै परिवर्तन गरिदिने कम्पनीको दावी छ । डीएक्सओ मार्क ११२ अंकको हाईस्कोर प्राप्त गर्न सफल ह्वावे पी ३०प्रो मा नयाँ लाइका क्वाड क्यामरा प्रणाली रहेको छ ।

ह्वावे सुपरस्पेक्ट्रम सेन्सर भएको ४० एमपीको मुख्य क्यामरा, २० एमपीको अल्ट्रावाइड एंगल, ८ एमपीको टेलिफोटो क्यामरा, ह्वावे टिओएफ क्यामरा र उत्कृष्ट सेल्फीहरू खिच्ने ३२ एमपीको फ्रन्ट क्यामरा रहेको छ ।

ह्वावेको एआईले पर्फेक्ट तस्वीर दिनका लागि सघाउँछ । एआई एचडीआर प्लसले फ्रन्ट र रियर क्यामराको समायोजनल एकै चोटि धेरै फोटोहरु खिचेर ओभर एक्सपोज्ड र ब्याक्लीट फोटोहरुलाई हटाउन मद्दत गर्दछ । 

स्मार्टफोन भिडियोग्राफी

ह्वावे पी ३० सिरिज सिनेम्याटिक विशेषताहरू भएको स्मार्टफोन क्यामरा हो । ह्वावे पी ३० सिरिज्ले यसको प्रयोगकर्तालाई स्टुडियो–ग्रेड भिडियोग्राफिको नयाँ युगमा लग्दछ । ह्वावे सुपरस्पेक्ट्रम सेन्सरले ज्यादै कम प्रकाशमा पनि भिडियो खिच्नसक्ने हुँदा र राति खिचिएका भिडियो उज्यालो र एकदमै प्रष्ट हुन्छन् । 

ह्वावेको डुअल भ्यू भिडियोले मल्टीपल क्यामरालाई एकै चोटी प्रयोग गर्दै एउटा सिनलाई एउटै समयमा दुईटा पर्सपेक्टिभबाट खिच्न सक्छ । 

स्टनिङ डिजाइनको हेरिटेज

रङ्गको प्यालेट र साल्ट फ्ल्याट्सको प्राचीन लुकबाट प्रेरित भएर ह्वावे पी ३० सिरिज्को डिजाइन, नाइन–लेयरन्यानोअप्टीकल कलर फिनिसबाट बनेको छ । ६.४७ ईन्चको ह्वावे पी ३० प्रो र ६.१ ईन्चको ह्वावे पी ३० ब्रेदिङ क्रिष्टल, एम्बर सनराइ, अरोरा, पर्ल ह्वाईट र ब्ल्याक रंगहरूमा उपलब्ध छ । 

अल्टीमेट इनोभेशन

इनोभेशन अर्थात् नवीनता नै ह्वावे मुख्य डिएनए हो । ह्वावे पी ३० र ह्वावे पी ३० प्रो मा रहेका यस्ता अग्रणी विशेषताहरुले गर्दा यी फोनहरुलाई अन्य स्मार्टफोनभन्दा पावर, पर्पmर्मेन्स र प्रभावकारीतामा फरक बनाउने कम्पनीले दावी गरेको छ ।

-ह्वावेको पी ३० सिरिजमा ७ एनएमको किरिन ९८० प्रोसेसर छ, जसले डुअल एनपीयू एआई प्रोसेसिङ पावरका कारण उत्कृष्ट प्रदर्शन, उच्च कार्यक्षमता र छिटो तस्वीर चिन्दछ ।   

-ह्वावेको पी ३० सिरिजमा एक्सटेन्डेबल रिड वन्ली फाइल सिस्टम विशेषता पनि रहेको छ । पछिल्लो ईएमयूआई ९.१ ले ह्वावे स्मार्टफोन र ह्वावे ल्यापटपहरू बीच बिना कुनै अवरोध फाइल सेयर गर्न ह्वावे सेयर वानहपलाई सपोर्ट गर्दछ ।

-ह्वावे पी ३० प्रोमा ४२०० एमएएच ब्याट्री रहेको छ र ४० वाटको ह्वावे सुपरचार्जलाई पनि सपोर्ट गरी मात्र ३० मिनेटमा जिरोबाट ब्याट्री ७० प्रतिशतमा पु¥याउँछ, जुन डिभाइसलाई पूरै दिन राम्ररी चलाउनको लागि पर्याप्त हुन्छ ।

- ह्वावे पी ३० प्रोमा रहेको सुपर कुल टेक्नोलोजीका कारण यसको थर्मल परफर्मेन्स सुधारिने भएकोले धेरै प्रयोग गर्दा पनि फोन तात्तिँदैन ।

-ह्वावे पी ३० सिरिजमा डुअल सिम र डुअल भिओएलटीई कनेक्टिभिटी जस्ता अत्याधुनिक वायरलेस कम्युनिकेशनलाई सपोर्ट गर्दछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप