बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेस युनियन बेलायतको अध्यक्षमा निरौला

सोमबार, १८ चैत २०७५, २१ : ४२
सोमबार, १८ चैत २०७५

 लण्डन । नेपाल प्रेस युनियन बेलायतको प्रथम अधिवेशनले  बिपिन निरौलाको अध्यक्षतामा १७ सदस्यीय कार्यसमितिको सर्वसम्मतले चयन भएको छ ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा खेमराज रानाभाट र एभरेस्ट गौतम, सचिबमा मन्दीप केसी, सहसचिबमा कृष्णा भण्डारी र कोषाध्यक्षमा सन्तोष भट्टराई निर्वाचित भएका छन् । त्यस्तैगरी सदस्यहरुमा खुशी लिम्बु, भीम खरेल, दयालू देवकोटा, लालमणी भट्टराई, सवेन्द्र अधिकारी, मिलन शर्मा, सुरेन्द्र रुपाखेती, जेनी भट्टराई, रोमियन लिम्बु र सिमी पुन निर्वाचित भएका छन् ।

अधिवेशनले सञ्जयभक्त कंडेल, राजन खकुरेल, हेमन्त सेढाईं, शिव भण्डारी, उपेन्द्र पौडेल, विनय अधिकारी र कुश बस्नेतलाई युनियनको महाधिवेशन प्रतिनिधिमा चयन गरेको छ ।

बिपिन निरौलाको अध्यक्षतामा बसेको अधिबेशनको उदघाटन सत्रको प्रमुख अतिथिको रुपमा बोल्दै नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले पत्रकारिता र बेलायतमा सिकेको ज्ञान, सीप र अनुभव नेपालसंग जोड्न र आफ्नो आस्थाको पार्टी नेपाली कांग्रेसलाई पनि सही बाटोमा निर्देशित गर्न बेलायतमा क्रियाशील प्रेस युनियनमा आवद्द साथीहरुको अहम भूमिका रहने कुरा बताए ।

कार्यक्रममा बिशिष्ट अतिथिको रुपमा बोल्दै नेपाली जनसम्पर्क समिति बेलायतका अध्यक्ष युवराज गुरुङले बेलायतमा क्रियाशील प्रेस युनियनका सदस्य र जनसम्पर्क समिति बेलायतमा आवद्द सम्पूर्ण सदस्यहरुले आफ्नो मातृपार्टी नेपाली कांग्रेसलाई समय अनुसार सहयोग र आवश्यक सुधारका लागि पहल गर्न एक जुट भई कार्य गर्नुपर्ने बताए ।

कार्यक्रमका अन्य बिशेष अतिथिहरुमा हाल बेलायत भ्रमणमा रहेका प्रदेश नम्बर ३ का सांसद बिजुला बर्मा, नेपाली राजदुतावासका उपनियोग प्रमुख शरदराज आरन, एनआरएनए उपाध्यक्ष कुल आचार्य, नेपाल पत्रकार महासंघका महासचिब रमेश बिस्ट, नेपाल प्रेस युनियनका उपाध्यक्ष बाला अधिकारी, महासचिब अजय बाबु सिवाकोटी र नेपाल पत्रकार महासंघ यूके शाखाका अध्यक्ष नरेश खपाँगीले नेपाल प्रेस युनियन बेलायतको प्रथम अधिबेशनको सफलताको शुभकामना ब्यक्त गरे ।नवनिर्वाचित अध्यक्ष बिपिन निरौलाले अधिबेशन सफल पार्न सहयोग पुर्याउन नेपालदेखि आएका अतिथिहरु लगायत उपस्थित सम्पूर्णलाई हार्दिक धन्यवाद ज्ञापन गरेका थिए  ।

अधिबेशनमा नेपाली जनसम्पर्क समिति बेलायत, एनआरएनए यूके, नेपाल पत्रकार महासंघ बेलायत शाखा लगायत बेलायतस्थित अन्य बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति थियो । 
कार्यक्रमको प्रथम सत्र नेपाल प्रेस युनियनका निवर्तमान उपसंयोजक संजय भक्त कंडेल र वन्द सत्र युनियनका केन्द्रीय महासचिब अजयबाबु सिवाकोटीले सञ्चालन गरेका थिए  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप