शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बारा–पर्सा आँधीः ४ महिना भित्रमा प्रि–फ्याव घर निर्माण गर्नेे निर्णय

मङ्गलबार, १९ चैत २०७५, १९ : १७
मङ्गलबार, १९ चैत २०७५

जनकपुर– बारा–पर्सामा आएको विनाशकारी आँधीबाट प्रभावित परिवारका लागि प्रदेश २ सरकारले ४ महिना भित्रमा प्रि–फयाब घर निर्माण गर्ने निर्णय गरेको छ । मंगलबार प्रदेशस्तरीय राहत तथा उद्धार व्यवस्थापन उच्चस्तरीय समितिको अध्यक्ष समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवको अध्यक्षतामा बसेको वैठक सो निर्णय गरेको हो ।  

आइतबार राती आएको आँधीबाट प्रभावित भएकाहरुको उद्धार, राहत तथा पुर्नःस्थापनाका लागि प्रदेश नम्बर २ सरकारले राहत तथा उद्धार व्यवस्थापन उच्चस्तरीय समिति निर्माण गरेको थियो । 

सो समितिले ४ महिना भित्रमा प्रि–फ्याब घर निर्माण गर्नका लागि तत्कालै कार्यथालनी गर्ने निर्णय गरिएको मन्त्री यादवले जानकारी दिए ।  त्यस्तै समिति विपद् पीडितहरुको लागि तत्कालै राहतका लागि त्रिपाल, टेन्ट लागयतका अस्थायी सेल्टहरको व्यवस्था उपलब्ध गराइने भएको छ । 

त्यस्तै बैठकले आँधीका कारण प्रभावित भएका विद्यालय उमेरका बालबालिकाको अवस्थालाई ध्यान दिइ अस्थायी सिकाई केन्द्र, गैरसरकारी संस्था समेतको समन्वयमा सञ्चालन गर्ने, यसको लागि प्राविधिक सहयोगकको लागि सम्बन्धित संस्थालाई अनुरोध गर्ने समेत निर्णय गरेको छ । बैठकले यी सबै कार्यका लागि हेल्प डेस्क राखेर काम थाल्ने निर्णय समेत गरेको मन्त्री यादवले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप