केन्द्रीय संस्करण
मलेसिया रोजगारी

‘उमेर हुन्जेल विदेशमा मस्ती गर्ने, मर्ने बेलामा ‘स्वास्नी’ चाहिने ?’

मादक पदार्थ सेवन नेपालीको प्रमुख समस्या (भिडियो)

person explore access_timeचैत २०, २०७५ chat_bubble_outline1
मदन ढुङ्गाना

रातोपाटी

क्वालालुम्पुरस्थित नेपाली दूतावासको श्रम शाखामा एक अधिकृत छिन्, सनमाया रम्तेल । सनमाया मलेसियामा कार्यरत रहेको करिब एक वर्ष भयो । मन्त्रालयले उनलाई श्रम सहचारीका रूपमा मलेसियास्थित नेपाली दूतावासमा पठाएको छ र उनी दैनिकरुपमा नेपाली कामदारका समस्यासँग जुधिरहेकी हुन्छिन् ।

श्रम सहचारीका रूपमा रहेकी सनमायाको कार्यकक्षमा सधैँजसो नेपाली कामदार वा रोजगारदाता कम्पनीका कर्मचारीको भीड भइ नै रहन्छ ।

करिब एक वर्षको अवधिमा मलेसियामा रहेका नेपाली श्रमिकहरुको समस्या, अवस्था आदिबारे जानकार बनेकी सनमायाले रातोपाटी टिम मलेसिया पुगेको बेला भनिन्, ‘मलेसियामा कामदारका समस्या धेरै छन्, प्रस्तुति कसरी गर्नुहुन्छ भन्ने मात्रै हो ।’

कुराकानीको सुरुवातमै हामीले सोध्यौँ, मलेसियामा नेपाली श्रमिकका समस्या के के हुन् ? 

त्यसपछि सुरु भयो वार्तालापको सुरुवात । ‘मलेसियामा रोजगारसँग सम्बन्धित समस्याहरु धेरै छन् । यसमा रोजगारदाता र कामदार आफैसँग पनि सम्बन्धित समस्या छन् भनेर बुझ्नुपर्छ ।’

रम्तेलका अनुसार रोजगारदातासँग सम्बन्धित समस्या भनेको सम्झौताअनुसारको न्यूनतम तलब नदिनु नै हो । त्यसैगरी केही कम्पनीहरुले लेबीको रकम कामदारलाई नै तिराउने तथा होस्टलको सुविधा राम्रो नभएको र बिमाको व्यवस्था नभएको लगायतका समस्याहरु छन् । यस्ता समस्याहरु दूतावासको जानकारी आएमा तत्कालै समाधानको पहल थालिने भएकाले यी समस्याहरु धेरै समय नरहने उनी बताउँछिन् । 

अर्को समस्या भनेको कामदार वा श्रमिक आफैसँग सम्बन्धित समस्या हो । कामदारसँग सम्बन्धित समस्या भनेका चाहिँ मुख्यतः वैदेशिक रोजगारीमा आउनुभन्दा अगाडि पूर्वतयारी पूरा नगर्ने, अभिमुखीकरण तालिम राम्रोसँग नलिने, पारिवारिक सर सल्लाह पनि राम्रोसँग नगर्ने सामान्य समस्या छन् । त्यसबाहेक यहाँ आइसकेपछि गर्न नहुने कामहरु के–के हुन् भन्ने थाहा पाएर हो वा थाहा नपाएरै हो, यहाँ आफूलाई सजिलै छाडिदिएर हो वा आफ्नो लक्ष्य नभएर हो आफू बरालिने समस्या बढी छ ।

यहाँ गर्न नहुने भनिएका सामाजिक,  सांस्कृतिक कार्यहरु, यहाँको कानुनले बन्देज गरेका कुराहरु पनि हाम्रा नेपाली दाजुभाइले गर्ने गरेका कारण यहाँ समस्या भएको छ ।

विस्तृतमा हेर्ने हो भने यहाँ धेरै समस्याहरु छन् । 

सामान्य आँखाले हेर्दा समस्या रोजगारदाताबाटै बढी भएको जस्तो देखिन्छ । तर समस्या रोजगारदातामा मात्रै छैन, हाम्रै नेपाली श्रमिकमा पनि धेरै समस्या छन् ।

जो वैदेशिक रोजगारीका लागि मलेसिया आउने गर्नुहुन्छ, अधिकांश हामी आर्थिक अभावका कारणले नै यहाँ आएका छौँ । मुख्यतः हामी पैसा कमाउने उद्देश्य लिएर आएका हुन्छौँ । हाम्रो पहिलो प्राथमिकता भनेको परिवारको आर्थिक अवस्थालाई केही माथि उठाउने भनेर नै यहाँ आएका हुन्छौँ । 

यहाँ केही कम्पनी राम्रो पनि छन् । तर अधिकांशको समस्या भनेको चाहिँ भनेअनुसारको तलब नदिने, भनेअनुसारको होस्टलको सुविधा नदिने । यसकारण धेरै समस्या भनेको तलबसँग सम्बन्धित नै रहेको छ । 

यहाँ सुरुमा ३ वर्षको सम्झौता मात्रै हुने हो । तर यहाँको वर्क परमिट त पहिले एक वर्षका लागि मात्रै हुन्छ । एक वर्ष पूरा हुनै लागेपछि उसले फेरि यहाँको स्वास्थ्य परीक्षण गराउनुपर्छ र अर्को वर्षका लागि भिसा वा वर्क परमिट लिनुपर्छ । हामीले ३ वर्ष भन्ने गरेपछि एक वर्षपछि भिसा नथपेमा ऊ इलिगल बन्छ भनेर बुझ्नुपर्छ ।

अवैधानिक (इलिगल) मुख्य समस्या
अर्को मुख्य समस्या भनेको इलिगल अर्थात् अवैधानिक बनिदिनु हो । समस्याको जड यही नै हो र तमाम समस्या यहीँबाट सुरु हुन्छ । 

यहाँ आएपछि कहिलेकाहीँ आफै कम्पनी परिवर्तन  गरिदिनुहुन्छ । कहिले राम्रो सुविधाको खोजीमा अन्त गइदिनुहुन्छ । कहिले साथीभाइको लहैलहैमा लागेर बाहिर हिँडिदिनुहुन्छ । त्यसकारण उनीहरु धेरैजसो इलिगल भइदिन्छन् । जो यहाँ अवैधानिक भएर बसेका छन्, उनीहरुको समस्या सम्बोधन गर्न हामीलाई कठिन हुन्छ र समस्या त्यहाँबाट सुरु हुन्छ ।

इलिगल भइसकेपछि यहाँको रोजगारदाताको मद्दत हामीलाई चाहिन्छ । तर रोजगारदाता यसका लागि बाध्य बन्दैनन् । किनभने अवैधानिक भइसकेपछि यहाँबाट घर पठाउन पनि मलेसिया सरकारको प्रक्रिया पूरा गर्नैपर्छ । अवैधानिक भन्नेबित्तिकै हामीले हामीसँग भिसा नभएको भन्ने बुझ्नुपर्छ । 

यहाँ सुरुमा ३ वर्षको सम्झौता मात्रै हुने हो । तर यहाँको वर्क परमिट त पहिले एक वर्षका लागि मात्रै हुन्छ । एक वर्ष पूरा हुनै लागेपछि उसले फेरि यहाँको स्वास्थ्य परीक्षण गराउनुपर्छ र अर्को वर्षका लागि भिसा वा वर्क परमिट लिनुपर्छ । हामीले ३ वर्ष भन्ने गरेपछि एक वर्षपछि भिसा नथपेमा ऊ इलिगल बन्छ भनेर बुझ्नुपर्छ ।

अवैधानिक हुने अधिकांश कारणचाहिँ आफूलाई भनेजस्तो काम, तलब लगायतका सुविधा नहुनु नै हो । तर आफूलाई भनेको जस्तो भएन भने उहाँहरु दूतावासमा आउनुको साटो अरू कसैको लहैलहैमा लागेर कम्पनी छाडेर गइदिनुहुन्छ । तर जब उहाँहरु अर्को कम्पनीमा जानुहुन्छ, त्यसपछि उहाँहरुको स्टाटस इलिगल बनिदिन्छ ।

केही घटनाहरुमा चाहिँ आफू मलेसियामै बस्न खोज्ने तर कम्पनीले राख्न नखोज्ने कारणले पनि उहाँहरु बाहिर जाने र अवैधानिक बन्ने गर्नुभएको छ । 

केही केही घटनामा भने रोजगारदाताकै कारणले पनि नेपाली कामदारहरु अवैधानिक बन्नुपरेको छ । समयमै स्वास्थ्य परीक्षण नगराइदिने, स्वास्थ्य परीक्षणमा फेल भए पनि कम्पनीले उनीहरुलाई यहीँ राख्न खोज्छन्, त्यसले पनि अवैधानिक बनाइदिएको छ ।

दोहोरो सम्झौताको समस्या अझै छ 
यहाँ दुई पक्षीय एग्रिमेन्टमा हामीले प्रमाणीकरण गर्छौँ । तर हामीले जसरी स्वीकृत गरेका छौँ, त्यो अनुसार छ कि छैन भनेर हेर्ने काम हाम्रो हो । हामीले यस्ता समस्यालाई दैनिकरुपमा हेर्ने गर्छौँ । 

यदि कुनै कामदारले तोकिएअनुसारको तलब पाएन, काम गरेअनुसारको ओभरटाइम पाएन भने हामी तत्कालै रोजगारदातालाई सोध्छौँ, नेपालको म्यानपावरलई सोध्छौँ । तलबसँग सम्बन्धित समस्या हो भने त्यसपछि तत्कालै दूतावासको पहलमा समाधान हुन्छ । यस्ता समस्या सामान्यतया २ महिनाभित्रै मिल्ने गरेका छन् । यदि कुनै कुनै कुरामा मिल्न सकेन भने हामी यहाँका हाम्रा वकिलमार्फत् कानुनी प्रक्रियामा जान्छौँ र समस्या समाधान गर्छौं ।

अहिले धेरैजसो कम्पनीले लेबी आफै तिरेका छन् । तर केही सेक्युरिटी कम्पनीहरुले लेबी कामदारबाटै कटाउने गरेको पनि पाइयो । हामीलाई यसबारे उजुरी वा गुनासो जब आउँछ, हामीले विस्तृत विवरण मगाएका छौँ र कम्पनीहरुलाई कटाएको लेबी कामदारको खातामा राखिदिन भनेका पनि छौँ । यसले धेरै कम्पनीले कामदारको लेबी फिर्तासमेत गरिरहेका छन् ।

सेक्युरिटी गार्डमै बढी समस्या
धेरै उजुरी र गुनासो आउने रोजगारीको क्षेत्र भनेको सेक्युरिटी गार्डकै हो । त्यसपछि क्लिनिङ सर्भिसमा पनि केही समस्या देखिन्छ । धेरै समस्या सेक्युरिटी कम्पनीसँग सम्बन्धित छ ।

सामान्यतया सेक्युरिटी क्षेत्रलाई नै अलि सरल र राम्रो भन्न सकिन्छ तर यही सेक्टरमा बढी कामदार भएकाले समस्या पनि यही सेक्टरमै बढी देखिन्छ ।

कामदारले धेरै पैसा तिर्नुपर्ने समस्या अझै छ
नेपालबाट रोजगारीका लागि मलेसिया आउँदा नेपाली कामदारले म्यानपावरलाई धेरै पैसा तिर्नुपरेको समस्या प्रमुख समस्या हो । अहिले नेपाल र मलेसियाबीच भएको एमओयूले पनि यस कुरालाई सम्बोधन गर्न खोजेको छ र सर्भिस चार्जको विषय पनि यही नै हो । यसकारण अब बाँकी समयमा यस्ता समस्या आउँदैनन् भन्ने लाग्छ ।

तर कामदारले कति पैसा तिर्यो भन्ने कुरा हाम्रो डेस्कमा कम नै आउँछ । तर जब कामदारले भनेजस्तो सेवा सुविधा पाउँदैन, त्यसपछि भने यस्ता समस्याहरु बारम्बार आउने गरेका छन् । कहिलेकाहीँ रोजगारदाताले पनि मैले यति खर्च गरेर ल्याएका थियौँ तर कामदार भागे भन्ने गुनासो पनि गर्न आउँछन् । 

मादक पदार्थ सेवन नेपालीको प्रमुख समस्या
आफ्नो हेल्थको केयर नै नगरी मृत्युवरण गर्ने नेपालीको सङ्ख्या एकदमै धेरै छ । जब नेपाली दाजुभाइहरु यहाँ आउनुहुन्छ, त्यसपछि समस्या सुरु हुन्छ । प्रत्यक्ष समस्या भनेको नेपाली कामदारहरु यहाँ आएपछि पारिवारिक विचलन सुरु हुन्छ ।
 
जब उहाँहरु यहाँ आउनुहुन्छ, त्यसपछि आफ्नो परिवार, आफन्तलाई बारम्बार सम्पर्क गरेर म के काम गर्दैछु, काम कस्तो छ, कति वर्ष बस्छु वा कहिले फर्कन्छु भनेर बारम्बार सम्बन्ध र सम्पर्कमा रहनुभयो भने त यस्ता समस्याहरु सायद आउँदैन थियो होला । तर यस्तो काम ज्यादै न्यून भएको देखिन्छ ।

यो समस्या भनेको व्यक्तिको स्वयं व्यवस्थापन र पारिवारिक व्यवस्थापन गर्न नसक्दाको परिणाम हो । ‘सेल्फ कन्ट्रोल’ र ‘रिलेसन मेन्टेन’ नगर्दा सुरु हुने समस्या अन्तिममा आएर मृत्युसम्म पुग्ने गरेको छ, यो दुखद् पक्ष हो ।

यदि तपाईंले यहाँ ५ जनालाई सर्वेक्षण गर्नुभयो भने ३ जनाको पारिवारिक समस्या वा विचलन सुरु भएको पाउनुहुन्छ । यसको कारण कामको दबाब हो वा अन्य कारण हो थाहा छैन तर आफूलाई व्यवस्थापन गर्न भने छाडिदिनुहुन्छ । यसको प्रत्यक्ष असर परिवार र आफन्तलाई पर्छ भने यसको पीडित चाहिँ आफूबाटै सुरु हुन्छ । 

यहाँ खुलारूपमा पाउने कुराहरु; जस्तै मादक पदार्थका कुराहरु भए, अन्य (विवाहेत्तर) सम्बन्धमा रमाउने आदि समस्या छन् । यस्ता समस्याले अन्ततः आफैलाई सिध्याइरहेको छ ।

उसको जवानी सिद्धिन्छ, बल सिद्धिन्छ, पैसा सिद्धिन्छ । रोगले च्याप्न थाल्छ र अन्तिम अवस्थामा पुग्छ । त्यसपछि उसको लक्ष्य एकातिर हुन्छ र वर्तमान अर्कोतिर हुन्छ । 

त्यसपछि ऊ जुन बाटोबाट आएको हुन्छ, त्यो बाटोबाट फर्कन सक्दैन । यसको मतलब जब व्यक्ति अवैधानिक हुन्छ, त्यसपछि उसलाई यहाँको इमिग्रेसनले पक्रेर यहाँको कानुन उल्लङ्घन गरेको आरोपमा केही समय जेल र डिटेन्सन क्याम्पमा राखेर मात्रै नेपाल फर्कन सक्छ ।
 
यो समस्या भनेको व्यक्तिको स्वयं व्यवस्थापन र पारिवारिक व्यवस्थापन गर्न नसक्दाको परिणाम हो । ‘सेल्फ कन्ट्रोल’ र ‘रिलेसन मेन्टेन’ नगर्दा सुरु हुने समस्या अन्तिममा आएर मृत्युसम्म पुग्ने गरेको छ, यो दुखद् पक्ष हो ।

मलेसियामा रहेका नेपाली कामदारहरुको प्रमुख समस्या भनेको मादक पदार्थको सेवन नै हो । मादक पदार्थको सेवनका कारण नेपालीहरुले पाएको दुःख चाहिँ अत्यधिक बढी छ ।

पारिवारिक विचलन बढ्यो
हामीले अरू ठूला ठूला समस्याको कुरा गरिरहे पनि मुख्य समस्या भनेको पारिवारिक विचलन नै हो । यहाँ जति पनि मानिस आउनुहुन्छ, जति पनि समस्या छन्, ती पारिवारिक विचलनसँग सम्बन्धित समस्या छन् ।
 
यहाँ आउने धेरैजसो ‘म घर जान चाहन्छु वा म घर जान चाहन्न, मेरो हालत बिग्रियो, म बिरामी भएँ, उपचार गर्नुपर्यो, म इलिगल भएँ, मलाई जसरी पनि उद्धार गर्नुपर्यो भनेर आउनेहरु छन् । जति पनि यहाँ आउनुहुन्छ, उहाँहरुको अवस्था हेर्दा मुख्य समस्या पारिवारिक विचलनबाट सुरु भएको हुन्छ ।’

उहाँहरु नेपालबाट रोजगारीका लागि जब यहाँ आउनुहुन्छ, उहाँहरुको नेपालको सम्बन्ध बिग्रन थालेको हुन्छ । उहाँले आफ्नो रिलेसनलाई ब्रेक अप गरेको वा निरन्तरता नगरेको हुन सक्छ । यो नेपालतिरको पाटो भयो भने यतातिर नयाँ रिलेसन सुरु गरेको हुन सक्छ । वा आफूले नगर्नुपर्ने कुरा वा काम गरिसकेपछि यो समस्या सुरु हुन्छ । त्यसकारण पारिवारिक सम्बन्धलाई व्यवस्थापन गर्न नसक्दा समस्या सुरु भएको हुन्छ । व्यक्तिले स्वव्यवस्थापन नगर्दा पनि यस्ता समस्या आउने गरेका छन् । गर्नुपर्ने काम नगर्ने, तर नगर्नुपर्ने काम गर्ने गर्दा पनि समस्याहरु थपिइरहेका छन् ।

हामीले उद्धारका क्रममा भेटेका कामदारहरु जो अन्तिम अवस्थामा पुगेका छन्, १० वर्ष १२ वर्षसम्म पनि अवैधानिक भएर बसिरहेका छन् । उनीहरुमध्ये कतिको त उपचारको क्रममा मृत्युसमेत भएको छ । यस्ता कुरालाई हेर्ने हो भने विदेशी महिलासँगको सम्बन्धमा रहने युवाहरुको सङ्ख्या बढी छ भन्न सकिन्छ । 

पारिवारिक सम्बन्ध सुमधुर नभएसम्म न वैदेशिक रोजगारी राम्रो हुनसक्छ न त मनोसामाजिक अवस्था नै मजबुत हुन सक्छ । त्यसकारण परिवारसँग आफ्ना खुसी, दुःख सबै सेयर गर्नु सक्नुपर्छ । निरन्तर सम्पर्कमा रहिरहनुपर्छ । निरन्तर कुराकानी भइरह्यो भने यसले पारिवारिक व्यवस्थापन राम्रो हुनसक्छ र वैदेशिक रोजगारको उद्देश्य र मर्म पनि सार्थक रहला । 

बल र जवानी सकिएपछि श्रीमती चाहिने !
उहाँहरु धेरै लामो समयदेखि यहाँ आएर काम गर्नुभएको, धेरैजनाले नेपालको घरमा सम्बन्ध सिध्याइसक्नुभएको, उता सम्पर्कमै नरहेको, यहाँ नयाँ सम्बन्ध जोडेको, यहाँ जोडेको सम्बन्ध पनि लगभग टुटेको, आफू अवैधानिक भएको हुन्छन् र अन्तिम अवस्थामा पुगेपछि उहाँहरु नेपाल फर्कन चाहनुहुन्छ । यस्तो अवस्थामा कहिलेकहिले चाहिँ उहाँहरुले पुरानो सम्बन्ध पनि सम्झनुहुन्छ । 

आफ्नो हालत अन्तिम अवस्थामा पुगिसकेको हुन्छ, उहाँहरुको उद्धार गर्नुपर्ने हुन्छ । जब उद्धारको बेलामा उहाँहरुसँग कुराकानी हुन्छ, त्यस्तो अवस्थामा उहाँहरु भन्नुहुन्छ, ‘१० वर्ष भयो अहिलेसम्म घरमा सम्पर्क गरेको छैन, यस्तो अवस्थामा नेपाल फर्कंदैछु ।’ उहाँहरुको अवस्था एकदमै बिरामी भइसकेको हुन्छ । यस्तो अवस्थामा उहाँहरुको आशा चाहिँ घरमा श्रीमती छ र उनले हेरचाह गर्छिन् भन्ने रहेको हुन्छ ।

अब यसलाई के भन्ने ? उहाँ १०औँ वर्षसम्म यहाँ रमाउनुभएको हुन्छ, पारिवारिक सम्बन्ध सिध्याउनुभएको हुन्छ । यहाँ अर्को कथा सकिइसकेको हुन्छ, स्वव्यवस्थापन हुन नसक्दा अन्तिम अवस्थामा पुगिसकेका हुन्छन् । बाँकी उहाँहरुसँग शरीर मात्रै हुन्छ र त्यस्तो अवस्थामा नेपाली दूतावासले उहाँको उद्धार गर्नुपर्ने अवस्था हुन्छ । त्यतिबेला चाहिँ उहाँले दसौँ वर्ष सम्पर्क नगरेकी श्रीमती घरमा छ भनेर सम्झनुहुन्छ ।

हामीले जतिलाई उद्धार गरिरहेका छौँ र उद्धार गर्नु परिरहेको छ, उनीहरु अधिकांश १०औँ वर्षदेखि अवैधानिक, १०औँ वर्षदेखि पारिवारिक सम्पर्कमा नरहेका र वास्ता नगरेकाहरु धेरै हुनुहुन्छ । त्यो बीचमा मलेसियामै नयाँ सम्बन्ध गाँसेका, सम्बन्धमा रहेकाहरु तर अहिले त्यो सम्बन्ध पनि सकिएको हुन्छ । त्यो अवस्थामा उहाँहरुलाई हामीले उद्धार गर्नु परिरहेको हुन्छ । तर पनि उहाँहरुको अन्तिम आशा चाहिँ घरमा अझै श्रीमती छ र मलाई यसैले स्याहार गर्छिन् भन्ने आश बाँकी नै रहेको हुन्छ ।

यसको अर्थ अन्तिम अवस्थामा परिवारलाई नै सम्झनुपर्ने यो त प्राकृतिक कुरा रहेछ, मान्छेको नेचर रहेछ । तर १०औं वर्षसम्म चाहिँ उहाँहरु प्राकृतिक अवस्थाबाट बाहिर बसिदिनु हुन्छ । अन्तिम अवस्थामा मात्रै उहाँहरु फेरि फर्कनुहुन्छ । यो विडम्बना नै छ ।

मनोपरामर्शको आवश्यकता
अब चाहिँ मनोपरामर्शको ज्यादै खाँचो भइसकेको छ । किनभने उहाँहरु आफै पीडित भइसक्नुभएको हुन्छ । नेपालका परिवारमा पनि मानसिक समस्या सुरु भइसकेकै हुन्छ । यसको अर्थ पारिवारिक व्यवस्थापनमा कमजोरी भइदिँदा वा ध्यान नदिँदा यसले धेरै क्षति पुराएको छ ।

यसकारण पारिवारिक सम्बन्ध सुमधुर नभएसम्म न वैदेशिक रोजगारी राम्रो हुनसक्छ न त मनोसामाजिक अवस्था नै मजबुत हुन सक्छ । त्यसकारण परिवारसँग आफ्ना खुसी, दुःख सबै सेयर गर्नु सक्नुपर्छ । निरन्तर सम्पर्कमा रहिरहनुपर्छ । निरन्तर कुराकानी भइरह्यो भने यसले पारिवारिक व्यवस्थापन राम्रो हुनसक्छ र वैदेशिक रोजगारको उद्देश्य र मर्म पनि सार्थक रहला । 

यो पनि

मलेसियाली कम्पनी भन्छन् : हामी नेपाली कामदार लिन आतुर छौँ, नेपालको रोजगारी गुम्दैन

आइतबारबाट मलेसिया रोजगारी खुल्ने हौवा मात्रै

नेपाली युवतीको बयान : मलेसियामा रक्सी र लिभ–इन रिलेसनले सबै बिगार्यो

मलेसिया रोजगारीको ‘डेडलक’ चाँडै सकिन्छ : राजदूत उदयराज पाण्डेसँगको अन्तरवार्ता

मलेसियाली कम्पनीको लापरवाहीले ३२ नेपाली कामदार समस्यामा, यस्तो छ ‘अवैध’ कथा

मलेसिया रोजगारी : स्वास्थ्य परीक्षणको मापदण्ड नेपाल आइपुग्यो, अब तत्कालै आवेदन मागेर सूचीकृत गरिने

मलेसिया कामदार ल्याउन रोजगारदाताले तिर्छन् डेढ लाख बढी

कमेन्ट

  1. April 3, 2019, 6:49 p.m. Mahesh Gajurel
    नमस्कार एस एस के गौरीशंकर जी यहाको कुरो मनाशिब होलान यदपि सारा दोष अरुमाथि थुपार्नु भन्दा पनि तपाइँ आफु कुन धरातलमा उभिनु भएको छ भनेर हेर्ने हो कि? अनि तपाइले पाउनु भएको सुभिधा कहा बाट आइरहेको छ भनेर सोच्ने हो कि? बैदेशिक रोजगारीमा आफ्नु श्रमिक उतार्नु भन्दा पहिला सरकारले आफ्नु श्रमिकको स्तर उन्नति गर्नु राज्यको दायित्व हो कि होइन?तपाइँ त्याहा बसेर के कहिले यस्तो सुझाब नेपाल सरकार लाइ दिनु भएको छ?अबैधानिक बनेर मलेसियामा नै बस्दै आएका आफ्नु जनता लाइ देश फर्काउनु सरकार को काम भित्र पर्छ पर्दैन? होलान मोज मस्ती मा रमाउने पनि होलान तर सबै उस्तै नहोला नि होइन बाध्यता ले नै बसेका पनि होलान ! देशमा रोजगारी को सुनिस्चितता या भनौ उधमशील समाज बनाउनु र त्यसको प्रत्याभूति दिनु सरकार को जिम्मेवारी भित्र नै पर्छ होला नि होइन?अरु संग तुलना गर्नु भन्दा पहिला तुलना गर्न सक्ने क्षमता कसरि बढाउन सकिन्छ या भनौ बिश्व बजारमा दक्ष जनशक्ति कसरि निर्यात गर्न सकिन्छ भन्ने बारे सोच्नु पर्ने देखिन्छ! नराम्रो काम को आवाज उठाउनुस यदपि त्यसको समाधान पनि दिन सक्नु पर्छ! धन्यबाद
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...