बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीमतीले नै श्रीमानविरुद्ध बलात्कार मुद्दा दिएपछि...

बुधबार, २० चैत २०७५, १२ : ०२
बुधबार, २० चैत २०७५

आफ्नो इच्छाविपरित श्रीमान्ले शारीरिक सम्पर्क राखेको भन्दै रुपन्देहीकी एक महिलाले श्रीमानविरुद्ध प्रहरीमा जवरजस्ती करणीको उजुरी दिएकी छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार  ३५ वर्षीया विवसदेवी  (नाम परिवर्तन) ले ४० वर्षीय फशादराम (नाम परिवर्तन) विरुद्ध चैत १२ गते जवरजस्ती करणीविरुद्धको जाहेरी दिएकी हुन् ।

बैवाहिक जवर्जस्ती करणीविरुद्ध श्रीमतिले जाहेरी दिएपछि उनका श्रीमानलाई पक्राउ गरि अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखाले जनाएको छ ।

गोपनीयताको हकलाई ध्यानमा राखेर प्रहरीले उनको विवरण खुलाएको छैन ।

उक्त घटनासहति पछिल्लो तीन हप्तामा रुपन्देहीमा  शृङ्खलाबद्ध तीन ठूला व्यक्ति हत्याका घटना र ६ वटा बलात्कार घट्नाका मुद्दा रुपन्देही प्रहरीमा परेको  जिल्ला प्रहरी प्रमुख एसपी ह्दय थापाले जानकारी दिए ।

जवर्जस्ती करणी उद्योगका आरोपी एक जना फरार रहेपनि अन्य ५ वटै बलात्कार मुद्दाका आरोपी र तीनवटै हत्याका अभियोगीहरुलाई रुपन्देही प्रहरी पक्राउ गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप