बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ब्रिज कोर्सः अल्फा बिटामा भर्ना सुरु, तयारी कक्षासँगै अतिरिक्त क्रियाकलाप पनि

बुधबार, २० चैत २०७५, १५ : ०३
बुधबार, २० चैत २०७५

काठमाडौं– नेपालमा ब्रिज कोर्सको सुरुवात गर्ने अल्फा बिटामा ब्रिज कोर्सका लागि भर्ना खुलेको छ । साइन्स, म्यानेजमेन्ट, नर्सिङ तथा ए–लेभलका ब्रिज कोर्स कक्षाहरु उही चैत्र २४ गतेबाट सञ्चालनमा आउने अल्फा बिटाका अध्यक्ष द्विराज शर्माले जानकारी दिए ।

शर्माले अल्फा बिटाले ब्रिज कोर्समा प्रदान गर्ने तयारी कक्षाका साथै विभिन्न क्षेत्रमा सफल व्यक्तित्वहरुद्वारा प्रदान गरिने करियर काउन्सीलिङ अल्फा बिटाको विशेषता रहेको बताए । उनले अल्फा बिटाले हरेक वर्ष ब्रिज कोर्समा विभिन्न अतिरिक्त क्रियाकलाप तथा व्यावहारिक कक्षाहरुमा ध्यान दिने गरेकाले विद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा दिने बताए ।

अध्यक्ष शर्माले एसईई सकेर बसेका विद्यार्थीहरुका निम्ति ब्रिज कोर्स निकेै नै आकर्षक तथा फलदायी हुनेमा आम अभिभावकहरु पनि सहमत भएको बताए ।

ब्रिज कोर्स बारे शर्मा भन्छन्, ‘अल्फा बिटा ब्रिज कोर्स उत्कृष्ट तयारी कक्षा, सेन्ट जेभियर्स, बुढानिलकण्ठ, एस.ओ. एस., ट्रिनिटी, हिमालयन ह्वाईट, नामी, ब्रिटिस कलेज, के.एम.सी., गोल्डेन गेट जस्ता उत्कृष्ट कलेजको नमुना प्रश्नहरुमा आधारित साप्ताहिक परिक्षाका साथै आफ्नो अतिरिक्त क्रियाकलापमा रहेको प्रतिभा प्रस्तुत गर्ने प्लेटफार्म हो ।’ 

शर्माका अनुसार कक्षा १० तथा ११ को कोर्समा रहेको अन्तर पुरा गर्न तयारी कक्षाका रुपमा सुरुवात गरेको ब्रिज कोर्समा समयसँगै परिवर्तन गरिएको र अझै प्रभावकारी बनाउन यही कोर्समा विभिन्न पक्षहरु जोड्दै लगिएको हो ।

साप्ताहिक परिक्षा, अतिरिक्त क्रियाकलाप, कलेज भ्रमण, अन्तक्रिया र रोबोट, रोबोटिक्सको बारेमा शिक्षा, आत्मनिर्भर हुने गतिविधिहरु जस्तै सामाजिक बोल, व्यक्तित्व विकास र विभिन्न सफल व्यक्तित्वहरुसँगको अन्तरक्रियाले गर्दा यो १० हप्ताको समयमा विद्यार्थीले नौलो एक्सपोजर पाउने कुरा शर्माले जानकारी गराए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप